एमालेका कार्यकर्ताले समयमै पुल बनाएका भए जयसिंहले ज्यान गुमाउने थिएनन् « Supremekhabar
Edition
   २ आश्विन २०७८, शनिबार
 |   Sat Sep 18 2021
Logo

एमालेका कार्यकर्ताले समयमै पुल बनाएका भए जयसिंहले ज्यान गुमाउने थिएनन्



धनगढीः दार्चुलाका ३३ वर्षीय जयसिंह धामी। जो अहिले बेपत्ता छन्। शुक्रबार धामी दार्चुलाको मालघाट पुगे। उनी त्यहाँ नपुग्दै मालघाटमा यात्रुको लाइन नै लागिसकेको थियो । घरबाट दार्चुलाको जिल्ला सदरमुकाम जान हिँडेका थिए धामी। स्थानीयसँगै गएका जय अरु सबै फर्किए। तर, फर्किएन् उनी। सदरमुकाम पुगेर बस चढ्ने र काठमाडौं हुदै विदेश जाने यात्रामा थियो उनको। दुर्भाग्य, राजधानी पुर्याउने बस समात्न आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि उनलाई महाकाली पारि भारतीय बाटो हिड्नुपर्ने थियो। अवस्था नहिँडी नहुने। दुःखका जँघार तर्दै पसिना बगाउन हिँडेका उनको सपना महाकालीमै डुब्न पुग्यो ।

महाकालीको मालघाटस्थित तुइनबाट नदी तरेर भारतीय बाटो हुँदै सदरमुकाम पुग्न हिडेका उनी तुइनबाट नदीमा खसेर बेपत्ता भएका हुन्। तुइनमा झुन्डिएकै बेला भारतीय सीमा सुरक्षा बल ९एसएसबी० का सुरक्षाकर्मीले लट्ठा फुकालिदिएपछि जयसिंह महाकालीमा खसेको र बेपत्रा भएको स्थानीयको रटान छ।

स्थानीय नवीन धामीका अनुसार सदरमुकाम खलंगा जान हिँडेका ६÷७ जना शुक्रबार बिहान करिब ८ बजे महाकाली किनारामा पुगेका थिए। पालैपालो तुइन तर्ने क्रममा तीन जना पारि पुगिसकेका थिए। चौथो यात्री थिए जयसिंह। उनी पनि ताङ्लो प्रयोग गरेर झन्डैझन्डै पल्लो किनार पुगिसकेका थिए।

‘पारि पुग्न तीन÷चार मिटरमात्र बाँकी थियो होला, त्यही बेला पारिबाट एसएसबीले रूखमा बाँधिएको लट्ठा खोलिदिए । तुइनसहित जयसिंह पनि महाकालीमा खसे, पानीको वेगले उनलाई बगायो,’ प्रत्यक्षदर्शी विक्रम रङ्कलीले भने। एसएसबीका सुरक्षाकर्मीले लट्ठा खोल्न थालेपछि वारिबाट मान्छेहरू चिच्याएका थिए। ‘तुइन नखोल्न एसएसबीलाई आग्रह गर्दासमेत वास्ता भएन । हात जोड्दा, सलाम गर्दा पनि फटाफट तार खोलिरहे । जयसिंहले त एसएसबीले तुइन खोलेको समेत पत्तो पाएनन्,’ रङ्कलीले भने।

तारमा लतारिएका जयसिंह नदी किनारतिरै खसे पनि उर्लंदो काली भेलले बाँच्न पाएनन्। ‘केही परसम्म हामीहरूले जयसिंहलाई बगेको देख्यौं, केही तलसम्म खोज्न पनि गयौं तर भेट्टाउन सकेनौं,’ रङ्कलीले भने। लगत्तै गाउँलेलाई घटनाबारे जानकारी गराएपछि सबै स्थानीय जयसिंहलाई खोज्न महाकाली किनारतिर लागेको उनले बताए ।

अहिलेसम्म कुनै पत्तो छैन

शुक्रबार भारतीय एसएसबीले तुइन काटिदिएपछि खसेर महाकालीमा बेपत्ता भएका भनिएका धामीको जीवन र मरणबारे अहिलेसम्म कुनै पत्ता लाग्न सकेको छैन। घटनास्थल सुरक्षाकर्मी खटिएका छन्। खोज तलासमा प्रहरी सक्रिय रहेको बताईएको छ। तर, अहिलेसम्म कुनै खबर भने सार्वजनिक गरिएको छैन। सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा टोलीले प्रत्यक्षदर्शीसँग सोधपुछ गरिरहेको जनाईएको छ। अनुसन्धानका आधारमा घटनाबारे चाडै सत्यतथ्य बाहिर आउने दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिएका छन्।

महाकालीमा मात्रै छन् ११ तुइन

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा पदभार ग्रहण गरेकै दिन घोषणा गरेका थिए अबको दुई वर्षभित्रैमा नेपाल तुइनमुक्त देश बन्छ। तर, दार्चुलाका बासिन्दाको जीवन भने अहिले पनि तुइनकै साहारामा छ । गत जेठमा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणअनुसार अहिले पनि देशभर १४ वटा तुइन प्रयोगमा छन्। नदीहरु तर्न नेपालीहरु तुइनको भर पर्न बाध्य छन्। अनि यी १४ मध्ये महाकालीमा मात्र ११ तुइन रहेको सर्वेक्षणमा देखिएको छ।
यी तुइन भएका चार ठाउँमा यसअघि नै भारतीय सरकारसँग नेपाल सरकारले झोलुंगे पुल बनाउने सम्झौता गरिसकेको छ।

३ वर्षअघि शिलान्यास, अझै बनेन पुल

भारतीय सरकारसँग नेपाल सरकारले झोलुंगे पुल बनाउने भनेर गरिएको सम्झौतामध्येको एक हो, घटना भएको तुइनस्थल। शिलान्यास भएर पनि यहाँ पुल बनाउने काम अहिले रोकिएको छ। मालघाट र भारतको पंगाला गस्कु जोड्ने झोलुंगे पुल निर्माण ३ वर्षअघि नै शिलान्यास भएको थियो। तर, शिलान्यास मात्र भएको त्यो झोलुंगे पुलको निर्माण अगाडि बढेको छैन। स्थानीय नरेन्द्र सिंह धामीले भने, ‘तीन वर्षअघि झोलुंगे पुल निर्माणका लागि शिलान्यास गरिएको थियो, तर यसको निर्माण चाहिँ अगाडि बढेको छैन।’

जहाँ तुइन विस्थापनअन्तर्गत व्यास गाउँपालिकाको मालघाटमा झोलुङ्गे पुल निर्माणका लागि खम्पाचे÷रुविना जेभी काठमाडौंले दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौतासमेत गरेको थियो।

सरकारी कम्पनीबाटै असहयोग

यता ठेकेदार धनबहादुर कुँवर भने सरकारी कम्पनीले असहयोग गरेकाले पुल निर्माण हुन नसकेको बताएका छन्। ‘पुल निर्माणका लागि लट्ठा, स्टिल पार्टस् नै पाएका छैनौं। यी सामान उपलब्ध गराइदिन सस्पेन्सन ब्रिज डिभिजन कार्यालयलाई एक वर्षअघि नै पत्र लेखेका थियौं, तर अहिलेसम्म पनि सामान उपलब्ध भएको छैन,’ कुँवरले भने। निर्माण सामग्री अभाव भएकाले काम रोकिएको ठेकेदारको भनाइ छ ।

तुइन विस्थापनका लागि दार्चुलाका ११ स्थानमा झोलुङ्गे पुलको प्रस्ताव गरिएको थियो । तर, ४ स्थानमा झोलुङ्गे पुलको योजना पास भएको जनाईएको छ। यहाँ कुनै पनि ठाउँमा पुल पूरा नभएकाले स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। जिल्ला सदरमुकाम पुग्न, भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु किन्न, उपचार गराउन र मजदुरी गर्न तुइन तरेरै महाकाली पारि जानुपर्छ। दार्चुलाका नागरिकले तुइन विस्थापित नहुदा जोखिम मोल्नु परेको छ।

तुइन विस्थापित भएर मालघाटमा पुल बनेको भए जयसिँहको ज्यानसमेत नजाने त्यहाँका स्थानीयको भनाई छ। पुल नबन्दा आफूहरुले दैकिजसो ज्यान दाउमा राखेर जोखिम मोल्ने गरेको उनीहरुको पीडा छ। सरकारले बनाउने भनेको पुल बनेको भए यो विपत्ति नै नआउने उनीहरुको दाबी छ।

भारतको पाँगला थानामा एसएसबीविरुद्ध उजुरी

तुइन तर्ने क्रममा एसएसबीले डोरी काटेका कारण व्यास गाउँपालिका– २ मालगाउँका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको भन्दै आफन्तहरूले भारतीय प्रहरीमा उजुरी दिएका छन्। व्यास– २ का बहादुरसिंह धामी र जोगासिंह धामीले धार्चुला तहसिलको पाँगला प्रहरी थानामा उजुरी दिएका हुन्। तुइनको डोरी काटेपछि एसएसबीका जवानहरू भागेको उजुरीमा उल्लेख छ। घटनापछि त्यस क्षेत्रमा रहेका नेपालीलाई ‘कसैलाई नभन्न’ धम्क्याएको निवेदक बहादुरसिंहले बताए । उजुरीमा सीमा क्षेत्रका दुई देशका नागरिकबीचको आपसी सम्बन्धका कारण तुइनबाट आवतजावत हुँदै आइरहेको उल्लेख छ ।

एसएसबीको संलग्नता छैनः भारतीय प्रशासन

भारतीय जिल्ला पिथौरागढ प्रशासनले भने घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार पठाएको पत्रको शनिबार जवाफ फर्काउँदै भारतीय प्रशासनले यस्तो दाबी गरेको हो।
पाँगला गस्कुमा एसएसबीको गस्ती टोली पुग्दा जयसिंह धामी महाकालीमा खसिसकेको दाबी भारतीय प्रशासनले गरेको छ।

घटना भएको समयमा एसएसबीको टोली मालघाट क्षेत्रमा ड्युटीमा खटिएको पत्रमा उल्लेख छ । भारतीय प्रशासनले पठाएको पत्र जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयमा पठाएको छ।

ऋण तिर्न धामी जादै थिए विदेशतिर

बेपत्ता जयसिंहले सात वर्ष नेपाली सेनामा जागिर खाएका थिए। तर, आर्थिक उन्नति नभएकाले विदेशतिर लागे । दुई वर्ष कतारमा ‘सेक्युरिटी गार्ड’ बने। फर्केर गाउँमा घर बनाए तर कमाएको पैसाले पुगेन । घर बनाउँदा लागेको ऋण तिर्न उनी फेरि विदेश जाने बाध्यतामा परे। दुई वर्षअघि पनि उनी कतार गएका थिए। तर, कोरोनाका कारण एक महिनामै घर फर्कनुपरेको थियो। घर बनाउँदा र घर चलाउँदा लागेको ऋणले उनी छटपटिएका थिए। तर, परिवालाई खुसी बनाउने भनेर हिँडेको केहीबेरमै उनी महाकालीमा बेपत्ता भएपछि गाउँ नै शोकमा डुबेको छ। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सांसद भवनमा बोल्दै एमालेका कार्यकर्ताले समयमै पुल नबनाउँदा जयसिंह धामीले ज्यान गुमाएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !


संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा ८ जनालाई माफी, ५२३ जनाको कैद कट्टा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ८ जनालाई माफी र ५२३ जनाको कैद भट्टा गरेकी छन् । पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । हर्कबहादुर राईसमेत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको छ । असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो । सरकारले २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस !

एउटा प्रदेशी जिन्दगी, प्रदेशमै जान्छ प्राण अनि पखेरु !



लमजुङका यी २२ बर्षे युवाको नाम डेल्सन थापा मगर हो । अनि उनले छोई रहेको सेतो बाकसभित्र उनका बुबा गोबिन्द कुमार थापा मगरको लास छ । डेल्सन ३ बर्षको हुँदा मलेसिया गएका गोबिन्द लामो समयसम्म परिवारसँग सम्पर्कमा आएनन् ।

३ र ५ बर्षका दुई छोरा छोडेर सम्पर्कहिन बनेका उनकी श्रीमती यही पिरले बितिन् । बैदेशिक रोजगारीमा गएको शुरुवाती समय र अन्ततिर गोविन्द सम्पर्कमा त आए तर त्यसबेला उनलाई असाध्य बिमारले च्यापिसकेको थियो । उनलाई पेनाङका नेपालीको सहयोगमा नेपाल पठाउन एयरपोर्ट पुर्याईयो ।

दुर्भाग्य, एयरपोर्ट पुग्नासाथ उनी बेहोस भएर ढले । फर्काएर अस्पताल भर्ना गरियो । तर, तिनदिन पछि गोविन्दले पराई भुमीमा नै प्राण त्याग गरे । गोविन्दका कान्छा छोरा डेल्सन काठमाडौमा सामान्य रोजगारी गर्छन् । जनउद्धार केन्द्र, मलेसियाका साथीहरुले डेल्सनलाई सम्पर्क गरेर सोधे -‘लास नेपाल लाने कि यतै सद्गती गर्ने ?’

जिवनमा बाबुको अनुहार समेत नदेखेका उनले भने- ‘लामो समयसम्म सम्पर्कहिन हुनुभयो । त्यही पिरले मम्मीपनी बित्नु भो । मलाई त बाबुको अनुहारपनि याद छैन । १९ बर्षसम्म कहाँ, के गर्नुभो, के समस्या पर्यो । कसरी बिरामी पर्नु भो, केही थाहा छैन । तर जे भएपनी जन्मदिने बाबू हुन् , एकपटक अनुहार हेर्न पाए हुन्थ्यो !’

तर, लास ल्याउन सक्ने डेल्सनको आर्थिक अवस्था थिएन । उनलाई फुपुहरुले सहयोग गरिरहेका थिए । जिन्दगीमा कहिल्यै बाबुको अनुहार प्रतक्ष देख्न नपाएको छोराको एकपटक बाबुको अनुहार हेर्ने अन्तरईच्छालाई अन्तत: जनउद्धार केन्द्र मलेसिया र अन्य समाजसेवीले पूरा गरिदिनु भयो ।

परदेशमा गुमनाम रहेको एउटा नेपालीको लास अर्को नेपालीको सहयोगमा आज नेपाल आईपुग्यो । छोराले बाबुको अनुहार हेरे । दिवंगत देहले आफ्नै जन्मभुमीको माटोमा समाहित हुन पायो । यसकालागी जनउद्धार केन्द्र, केशु थापा, सुनिल श्रेष्ठ, बिरस पुन, देवेन्द्र गिरि लगायत धन्यबादको पात्र छन् । यो अभियानको निरन्तरको सारथि हुन पाउँदा हामी पनि खुसी छौँ ।

तर, परदेशमा कंक्रिटका जङ्गल, जङ्गलका गल्ली र गल्लीका कुना, भित्तामा कति गोविन्दहरु गुमनाम बाँचिरहेका हाेलान् ! देशका कुना काप्चामा कति श्रीमती र सन्तानहरु बाबु फर्कने बाटो कुर्दै बसेका होलान् ! बैदेशिक रोजगारीमा गएका तर घर परिवारबाट सम्पर्कहिन भएकाहरुको सूची मन्त्रालय, बिभाग, दुताबास वा बोर्डसँग हाेला कि नहोला !?

प्रतिक्रिया दिनुहोस !

भीम रावललगायतका नेताहरु भगौडा हुन्, युद्ध अपराधीलाई जनताले माफी गर्दैनन् : झाँक्री



सिन्धुली। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई भगौडाको संज्ञा दिएकी छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले लडाइँबाट भाग्ने भगौडाहरूलाई फेरि पार्टीमा ल्याएर नेता मान्न नसकिने बताएकी हुन् । कार्यक्रमलाई संवोधन गर्दै उनले युद्धबाट भाग्नेहरुलाई फेरि मोर्चामा ल्याएर कमान्डर बनाउन नसकिने बताउँदै युद्धबाट भागेका युद्ध अपराधीलाई जनताले माफी गर्न नदिने बता्ईन् ।

झाँक्रीले संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास रहेकाले यदी युद्दबाट भाग्ने भगौडाहरूले सरेन्डर गरेर हामी मोर्चामा सामेल हुन्छउँ भनेर आएको खण्डमा ढोका खुला रहने बताएका हुन् । विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्किएका थिए । झाँक्रीले उनीहरुलाई युद्द अपराधी र भगौडाको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताईन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: