१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

वाईसीएल अध्यक्ष दीपशिखा र महासचिव श्रीपालीको बीचमा बोलचाल नै बन्द !



काठमाडौं । नेपाल कन्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपालमा विवाद चरम चुलिमा पुगेको छ । वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले सामाजिक सञ्जालमा एउटा स्ट्याटस पोस्ट गरेपछि वाइसिएलभित्रको विवाद छताछुल्ल भएको हो । संगठनका अध्यक्ष तथा युवा नेता सापकोटालाई समेत थाहा नदिई महासचिव सुवोध श्रीपाली लगायत नेताहरु मैतृपूर्ण फूटबल खेलका लागि सातदोबाटो स्थित रंगाशाला गएको विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

‘संगठनका अध्यक्षलाई समेत थाहा नभएको मैत्रिपूर्ण फुटबल बधाई छ साथीहरुलाई ’ भन्दै दीपशिखाले सामाजिक सञ्जालमा लेखेका छन् । उनले पूर्व उर्जामन्त्री समेत रहेका नेता वर्षमान पुन अनन्त, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, वाईसिएलका महासचिव सुवोध श्रीपाली, पूर्व कोषाध्यक्ष मिङमा डोन्डु शेर्पा र एन्फा अध्यक्ष कर्मा तामाङको तस्विर नै पोस्ट गरेर सांकेतिक आपत्ति जनाएका छन् । वाइसिएल भित्र अध्यक्ष सापकोटा र महासचिव श्रीपालीबीच पानी बाराबारको अवस्था रहेको उनीहरु निकट स्रोत बताउँछ । मैत्रीपूर्ण खेलमा महासचिवले अध्यक्षलाई खबर नै नगर्नुले उनीहरुबीच बोलचाल नै बन्द भएको देखिएको निकटस्थ स्रोतको दाबी छ ।

यता वाईसिएल नेपालका महासचिव सुवोध श्रीपालीले आफूहरुले दैनिक रुपमा फूटसल खेल्दै आएको र शनिबार पनि व्यक्तिगत रुपमा खेल्न गएको बताए । आफूहरुले व्यक्तिगत रुपमा फूटबल खेल्नुलाई अतिरञ्जित गर्न जरुरी नरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय