१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

घट्न सकेन कोरोना मृत्युदर,जटिल भएपछि मात्र अस्पताल जाने बढे



काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पहिलो लहरमा संक्रमितको संख्या बढे पनि मृतकको संख्या भने न्यून थियो । तर, कोरोनाको दोस्रो लहरले भयावह रुप लिदा र सरकारको फितलो व्यवस्थापनले गर्दा अधिकांश संक्रमितले अकालमा ज्यान गुमाए । अझै पनि दैनिक २० देखि ४० को हाराहारीमा संक्रमितले ज्यान गुमाइरहेका छन् । यता विज्ञहरु भने होम आइसोलेनमा रहेकाहरु स्वास्थ्यअवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको बताउछन् ।

कोरोनाको पहिलो लहरमा संक्रमितको संख्या बढे पनि मृतकको संख्या भने न्यून थियो । तर, दोस्रो लहरमा संक्रमित र मृतकको संख्या आक्रमक रुपमा बढ्यो । अस्पतालमा बेड, अक्सिजनको अभावमा कतिपय संक्रमितले अकालमा ज्यान गुमाउनु प¥यो । कोरोनाभाइरस संक्रमणको कारण मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ । कोरोनाले पहिलोपटक २०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षिया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार संक्रमितबाट पहिलो लहर सुरु भएपछि २०७७ साल ३ चैत सम्म ३ हजार १४ जनाको मृत्यु भएको थियो । तर दोस्रो लहरको करीब ५ महिनामा थप ७ हजारभन्दा बढीको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

दोस्रो लहरको सुरुवातीमा खासै संक्रमितले ज्यान गुमाएका थिएनन् । जेठ महिनामा भने संक्रमितसंगै ज्यान गुमाउनेको संख्या पनि ह्वातै बढ्यो । जेठ ५ गते एकैदिन २ सय ४६ जनाले ज्यान गुमाएका थिए । सबभन्दा बढी ३ जेठदेखि ३ असारसम्म ३ हजार ३८२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । गत वर्ष यो अवधिमा मृत्युदर ०।२ प्रतिशत थियो । तर,अहिले मृत्युदर १।५ प्रतिशत रहेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ । अहिले पनि दैनिक २५ देखि ४० को हाराहारीमा संक्रमणबाटै ज्यान गईरहेको छ । यता विज्ञ भने अधिकांश सक्रमित होम आइसोलेनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको बताउँछन् ।

यो वर्ष नयाँ भेरिन्टको तीव्र संक्रमण दरले छोटो समयमै धेरैमा फैलिनु, धेरै संक्रमित हुँदा गम्भीर लक्षण भएकाहरूको संख्या बढ्नु, सबैले बेलैमा सुविधासम्पन्न अस्पतालमा नुपग्दा र पुगेका अस्पतालहरूमा पनि बिरामीको चापअनुसार उचित व्यवस्थापन हुन नसक्नुले मृत्युदर बढेको विज्ञहरु बताउछन् ।

छोटो अवधिमा यतिधेरै कोरोना संक्रमणबाटै मानिसको मृत्यु हुनु राम्रो संकेत होइन । सरकारको कमजोर व्यवस्थापनका कारण बचाउन सकिने धेरै मानिसले पनि ज्यान गुमाउनु प¥यो । दोस्रो लहरमा फैलिएको भेरियन्ट बढी संक्रामक देखिएको भए पनि समयमै अक्सिजन र अस्पतालमा बेडको व्यवस्था मिलाउन सकिएको भए धेरै संक्रमितलाई बचाउन सकिने थियो । सरकारको कमजोर तयारी र नागरिकको बेवास्ताले पनि कोरोनाको संक्रमणदर र मृर्तकको संख्या अझै बढ्ने खतरा छ ।


प्रतिक्रिया दिनुहोस !