४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

न्यूनतम साझा कार्यक्रमहरु सार्वजनिक गर्नु अघि देउवा र प्रचण्डको बीचमा वार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल चलिरहेको छ । उनीहरुबीच बालुवाटारमा बिहान १० बजेबाटै छलफल चलिरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । आज दिउसो ४ बजे सत्तारुढ गठबन्धनले सरकार संचालनका लागि न्यूनतम साझा कार्यक्रमहरु सार्वजनिक गर्दै छ । सो सार्वजनिक गर्नुअघि दुई नेता बीच छलफल चलिरहेको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा आएको १ महिना पूरा हुन लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !