१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

थप २,५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार ३९६ जना निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस !