१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

भूमि आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता



काठमाडौं : भूमि आयोग खारेजीविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता भएका छन् । भूमि आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवाली सहित चार जनाले सर्वोच्चमा रिट दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता (सह–रजिष्टार) बाबुराम दाहालले बताए । ज्ञवाली बाहेक प्रवेश केसी, रोजन खड्का र एक बहादुर लुवागुनले रिट दर्ता गराएका छन् । रिटमा सुनुवाइका लागी सोमबार पेशी तोकिएको छ ।

निवेदकहरुले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरेका छन् । गत साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भुमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेपछि प्रतिपक्ष नेकपा एमालेले सडकमा समेत प्रदर्शन समेत गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !