१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

उपकुलपतिको अण्डकोषमा बिरालोले टोकेर मृत्यु भएको हल्ला फैलाउनेको व्यापक खोजीमा प्रहरी



सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको मृत्यु भएको भन्दै भ्रामक समाचार फैलाउनेलाई प्रहरीले कारबाहीको निम्ति व्यापक खोजी गरेको छ । विश्वविद्यालयको लेटरप्याडको दुरुपयोग गरेर उपकुलपतिको मृत्यु भएको समाचार फैलाएपछि सम्बन्धित व्यक्तिको खोजी भएको हो ।

नक्कली विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयका उपकुलपति डा। नन्दबहादुर सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण प्रदेश अस्पताल लग्ने क्रममा मृत्यु भएको छ । हामी सबै विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौं । उपकुलपतिको दाहसंस्कार उहाँको जन्मस्थल कालिकोटमै गरिने भएको छ । उहाँ पुनर्जीवित भएर भोलि यस विषयमा पत्रकार सम्मेलन गर्न पनि सक्नुहुनेछ । मेरो दाहसंस्कार जुमबाट गर भनेर ।’

निधन नभएका उपकुलपतिको निधन भयो भनिएको र त्यो पनि अण्डकोषजस्तो संवेदनशील अंग बिरालोले खाएको अनर्गल प्रचार गर्ने मान्छेको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । यसरी झुठो अफवाह फैलाउनेलाई कानुनबमोजिम कारबाही गर्न विश्वविद्यालयले माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय