१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

१८ लाख बढीले सानिमा लाइफ इन्स्योरेन्सको आईपिओ नपाउने, कति पर्यो आवेदन ?



सानिमा लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आइपिओमा ६.८४ गुणा बढीको आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन आज साँझसम्ममा २४ लाख १९ हजार १ सय २७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

कम्पनीले श्रावण २० गतेबाट  ६० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ ।  कम्पनीको आईपिओ १० कित्ताको दरले ५ लाख ४० हजार जनाले मात्र पाउने छन् ।   यस हिसाबमा  १८ लाख जना बढी आवेदक हात खाली हुने देखिन्छ ।  यद्यपि आवेदन भेरिफाई हुने क्रम मै रहेकोले यो संख्या केहि तलमाथि पर्न सक्ने छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय