११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

त्रिविद्वारा भदौ ५ सम्मका परीक्षा नरोक्ने निर्णय



त्रिभुवन विश्वविद्यालयले तालिका सार्वजनिक भइसकेको परीक्षाहरू नरोक्ने निर्णय गरेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा सह नियन्त्रक घनश्याम ठाकुरले अहिले सञ्चालन भई आएका परीक्षाहरू यथावत् सञ्चालन गरिने बताए ।

उनका अनुसार स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षा हाल सञ्चालनमा छन् । केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुने उनको भनाइ छ । निषेधाज्ञा भएका जिल्लामा पनि विद्यार्थीलाई परीक्षा केन्द्रसम्म जाने व्यवस्था मिलाउन त्रिविले समन्वय गरिरहेको ठाकुरले बताए ।


प्रतिक्रिया दिनुहोस !