१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस



काठमाडौं । कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवहरु गोविन्द शर्मा, डा. निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको हो । खराल बन समूहका हुन् भने शर्मा र पाण्डे कृषि समूहका हुन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने निर्णय गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !