७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

सत्तारुढ पार्टीहरु सिंगौरी खेल्न आए सिँग भाँचिदिने ओलीको चेतावनी



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग वार्ता र सहकार्य नगर्ने मनस्थितिमा देखिएको भन्दै आक्रोश पोखेका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले भूमिहीन र सुकुम्बासी समस्या समाधान आयोग खारेजीको निर्णय एक उदाहरण भएको बताए । ‘सरकार हामीसँग वार्ता र सहकार्य नगर्ने मानसिकतामा छ । उनले आफूहरुले सशक्त प्रतिपक्षको भूमिका खेल्ने दोहोर्याउँदै सडक र सदनमा सशक्त र प्रभावकारी खेल्ने र सत्तारुढ सिंगौरी खेल्न आए सिँग भाँचिने चेतावनी दिए ।

आफ्नो नेतृत्वको सरकारले धरहरा, रानीपोखरी बनाउनेदेखि मेलम्चीको पानी काठमाडौंसम्मै ल्याएको भन्दै ओलीले त्यो पनि भत्काउन सरकारलाई चेतावनी दिए । भत्काइदेउ धरहरा, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक पुल र विमानस्थलहरु ओली याद आउने सबै चिजहरू’, उनको भनाइ थियो । अदालतको परमादेशबाट बनेको सरकारले एक महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको पनि उनले टिप्पणी गरे ।


प्रतिक्रिया दिनुहोस !