१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सत्ताबाट बाहिरिएपछि ओलीको बोली फेरियो, संशोधन गरेर मात्रै एमसीसी पारित गर्नुपर्छ



काठमाडौं : सत्तामा हुँदासम्म कुनै पनि हालतमा एमसीसी पारित हुनुपर्ने बताउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली यूटर्न भएका छन् । सत्ताबाट बाहिरिएसँगै उनले एमसीसी संशोधन गरेर मात्रै पारित हुनुपर्ने बताएका छन् । पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले एमसीसी संशोधनसहित पास हुनुपर्ने बताएका हुन् । उनले बरु सत्तारुढ दल नै एमसीसीबारे बोल्न नसकेको समेत बैठकमा बताए ।

एमसीसीको सत्तारुढ दल बारेमा किन बोल्न नसकेको तपाईंहरुकै पालामा सम्झौता गरेको होइन १ सय ६५ को कीर्तिमान मतले विश्वासको मत लिएकै छ त पास गर्दा भइहाल्यो किन हामीलाई दोष ’, उनले भने, ‘हामी त स्पष्ट छौँ । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र बुद्धिजीवी र विज्ञहरूले दिएको सुझावहरूको आधारमा जनताको भावना अनुसार संशोधन सहित पास हुनु पर्दछ ।’ काँग्रेस नेतृत्वको सत्ता गठबन्धनप्रति आक्रामक रूपमा प्रस्तुत भएका ओलीले पार्टीले सशक्त प्रतिपक्षको भूमिका खेल्ने पनि बताए ।

सरकारको न्यूनतम कार्यक्रम गाली गलौचको पुलिन्दा

ओलीले सरकारको न्यूनतम साझा कार्यक्रम आफूहरुविरुद्ध गाली गलौचको पुलिन्दा भएको टिप्पणी गरे । ‘सरकारको न्यूनतम कार्यक्रम हामीविरुद्ध गाली गलौचको पुलिन्दा हो। असंवैधानिक र अपवित्र नन्दिभिरिङ्गी जालिझेलिहरुको गठबन्धन हो’, ओलीले टिप्पणी गरे । उनले वाइडबडी, बालुवाटार जग्गा प्रकरण , सुन तस्करीकाण्ड कसले भए भन्ने प्रश्न गर्दै उनले त्यसमा संलग्न गठबन्धनका नेताहरूलाई कारबाही गर्न सक्नुहुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न समेत गरे ।उनले बालुवाटार जग्गा, वाइडबडी प्रकरणलगायतमा झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र गरिए एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्ने ओलीले चेतावनी दिए ।


प्रतिक्रिया दिनुहोस !