१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एमालेमा माधव समूहलाई निषेध गरेर वरिष्ठ नेता र स्थायी समिति खारेज गरियो



काठमाडौं । एमालेको केन्द्रीय कमिटी अब २२५ सदस्यीय हुने भएको छ । विधान महाधिवेशनका लागि पार्टीले पारित गरेको विधान संसोधनको प्रस्तावलाई अनुमोदन गर्दै केन्द्रीय कमिटीले यो नयाँ व्यवस्थाको सुरुवात गर्ने भएको हो । भदौ २७ र २८ मा काठमाडौंमा हुने विधान महाधिवेशनमा लागि स्थायी समितिबाट आएको विधान संसोधन प्रस्तावलाई केन्द्रीय कमिटीले पास गरेको छ । यो नयाँ व्यवस्थाको सर्कुलर दुई तीन दिनभित्रै वडा तहसम्म पुग्ने प्रदीप ज्ञवालीले जानकारी दिए ।

विधान संशोधनपछि पदाधिकारीतर्फ अब अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र ७ सचिव हुने नेता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टीमा अब पदाधिकारीको सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी मात्रै हुनेछ । वरिष्ठ नेता र स्थायी कमिटी अब एमालेमा नहुने भएका छन् ।

अहिले अभ्यासमा एमालेमा अध्यक्ष, एक वरिष्ठ नेता पाँच जना उपाध्यक्ष, एक जना महासचिव र पाँच जना सचिवको व्यवस्था गरिएको छ । ढुक्कसँग अध्यक्षले काम गर्न पाउने गरी व्यवस्था गरिएको जानकारी ज्ञवालीले दिए । यस क्रममा अध्यक्ष र महासचिवको मात्रै निर्वाचन हुने र बाँकी पदाधिकारी मनोनित गर्ने प्रस्ताव स्थायी कमिटीबाट आएको थियो । तर, परिमार्जन गर्दै अध्यक्षको मात्रै निर्वाचन गर्ने र अरू मनोनित हुने ज्ञवालीले जानकारी दिए । तर महत्वपूर्ण निर्णय गरिएको बैठकमा एमालेको माधव नेपाल पक्ष सहभागी भएको थिएन ।


प्रतिक्रिया दिनुहोस !