१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

हिमालयन एयरलाइन्सलाई दुबईले ल्याण्डिङ अनुमति दिएन, काठमाडौंमा विमानस्थलमा यात्रु अलपत्र



 दुबईको विमानस्थलले हिमालयन एयरलाइन्सलाई ल्याण्डीङ अनुमति नदिदा त्यहाँ जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका यात्रुहरु अलपत्र परेका छन् ।

सोमबार राती ११.३० बजे दुबई तर्फ उडान हुनुपर्ने हिमालयन एयरलाइन्सका यात्रुहरुले काठमाडौं मेडिकल कलेजमा गरेको आरडीटी परिक्षणलाई दुबईको विमानस्थलले मान्यता नदिएको भन्दै यात्रुहरुलाई विमानस्थल भित्र जान रोक लगाएको छ ।

विमानस्थलमा पुगेका यात्रु विनोद बस्नेतले आरडीटी परिक्षण गर्ने मेसिनलाई मान्यता नदिएकै कारण सोमबार उडान रद्ध गरिएको जानकारी एयरलाइन्सले गराएको बताए ।

उनले एकै ठाउँमा गराएको नेपाल एयरलाइन्सको जहाजलाई अनुमति दिने र हिमालयनलाई नदिने भन्ने विषयमा भने आफुहरुलाई सङ्काको विषय भएको बताए ।

हिमालयन एयरलाइन्स मार्फत १५० जना यात्रुहरु दुबई जान लागेका थिए । पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै दुबई विमानस्थलले पीसीर नेगेटिभसँगै ४ घण्टा अघिको आरडीटी रिपोर्ट पनि अनिवार्य गराएको छ ।

त्यो पनि विमानस्थल आसपासको ल्याब वा अस्पतालबाट आरडीटी गराउनु पर्ने नियम बनाएको छ । उडान रद्ध भएको विषयमा जानकारी लिन हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठलाई फोन गर्दा उनले उठाएनन्


प्रतिक्रिया दिनुहोस !