४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन प्रधानमन्त्री देउवालाई ओलीको चुनौति



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्यिाधुरा, लिपुलेक र कालापानीको भू भाग फिर्ता ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ओलीले साझा न्यूनतम कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समस्याको रुपमा देखाइएको भन्दै आपत्ति जनाउँदै ती भू-भाग फिर्ता ल्याउन चुनौति दिनुभएको हो ।

‘लिम्पियाधुरा, कालापानी लिपुलेक भारतसँग वार्ता गरेर साझा न्यूनतम कार्यक्रममा किन राख्न सक्नु भएन यो समस्या हो र ? हाम्रो भूभाग कतै समस्या हुन्छ स्पष्ट रुपमा भन्नु पर्‍यो नि फिर्ता ल्याउँछु। खुट्टा कमाउने कसले बनायो ?’ ओलीले भन्नुभयो । वर्तमान सरकारले नेपालको भू-भाग फिर्ता ल्याउन नसके आफूहरुले ल्याएर देखाइदिने ओलीको दाबी छ । ‘त्यो समस्या होइन। फिर्ता लिनुस्। तपाईंहरुले सक्नु भएन भने डेढ वर्ष पर्खनुस्, हामी छौं। हामी फिर्ता ल्याउँछौं, भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस !