८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

जीवन र सुरेन्द्र बिष्टको घरमा पक्राउ पुर्जी, विप्लव नेकपाद्वारा भत्र्सना



दार्चुला : विप्लव नेतृत्वको नेकपाका दार्चुला युवा संगठनका जिल्ला अध्यक्ष जीवन बिष्ट र सुरेन्द्र बिष्टको घरमा प्रहरीले पक्राउ पूर्जी टाँस गरेको छ । नेपाल बन्दका क्रममा आज्ञात समूहले गरेको ट्रक आगजनीको घटनालाई लिएर जीवन बिष्ट र सुरेन्द्र बिष्टको घरमा पक्राउ पुर्जी टासेको घटनाको नेकपा दार्चुलाका जिल्ला इञ्चार्ज अग्नि र भरत मल्लले विज्ञप्ति जारी गर्दै घोर भत्र्सना गरेका छन् । दुबै जना संलग्न नभएको घटनामा प्रतिवादी बनाएर घरमा पक्राउ टाँसेर सरकारसँग भउको तनि बुँदे सहमति भाड्ने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ ।

 


प्रतिक्रिया दिनुहोस !