१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कसैसँग शीर निहुर्‍याएर सम्झौता गरिदैन : नेपाल



काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले अब कोहीसँग पनि हेपिएर नबस्ने स्पष्ट पारेका छन् । मंगलबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताएका हुन् । नेता नेपालले आफूहरूले कसैसँग शीर निहुर्‍याएर सम्झौता नगर्ने जिकिर गरे । नेता नेपालले दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहने आफ्नो अठोट रहेको बताए । उनले अहिले दम्भी, घमण्डी र अत्याचारी नभएर असल मान्छेको देशलाई आवश्यकता रहेको धारणा पनि राखे ।

त्यस्तै नेता नेपालले कर्णाली प्रदेशसभा सदस्य पदबाट मुक्त भएका चार सांसदलाई उपनिर्वाचनमार्फत् फेरि जिताएर ल्याउने दावी गरे । कर्णालीका चार सांसदको राजनीतिक भविष्य अन्योलमा नपरेको उनको भनाइ छ । त्यस्तै माधव पक्ष अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पार्टी विभाजन गर्ने विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । कार्यक्रममा सामुदायिक बिद्यालयबाट एसईई र कक्षा १२ उतीर्ण गरी चिकित्सा शिक्षा आयोगदवार लिइएको एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट छात्र आशिक झालाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय