१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

ठेकेदारको चरम बदमासी, महोत्तरीमा कालोपत्रे गरेको १२ घण्टामै हातले तान्दा उप्कियो



काठमाडौं : महोत्तरीको गौशालानगरपालिका वडा नं ५ मा गुणस्तरहीन तरिकाले रातारात कालोपत्रे गरेपछि स्थानीय आक्रोशित बनेका छन् । गौशालास्थित निगौलचौकदेखि पश्चिम मरहानदीको पुलसम्मको सो सडकखण्डमा कालोपत्रे गरेको १२ घण्टा नवित्दै सुलभ तरिकाले कालोपत्रे उप्कन थालेपछि स्थानीयहरु आज विहानैदेखि निर्माण कार्य अवरोध गरेका हुन् ।

मंगलवार दिउँसो स्थानीयले गुणस्तरहीन तवरले सडक निर्माण भईरहेको सुईको पाएपछि निर्माणका लागि सामग्रीसहित आएका प्राविधीकहरुलाई गुणस्तरयुक्त सडक निर्माणको माग गर्दै अवरोध गरेका थिए । १ हजार १ सय मिटर लम्बाई र ६ मिटर चौडाई रहेको सो सडकमा रातारात विना मापदण्डकै हिलामै कालोपत्रे गरेका हुन । गएराति सिमसिमे बर्षा भईरहेको समयमा ठेकेदारका मानिसहरुले रातारात कालोपत्रे गर्न भ्याएका हुन् ।

नयाँ सडक निर्माण गर्ने क्रममा डाईभर्सन गर्नुपर्ने, बेसको वरिपरि कम्तीमा २ फिटसम्म ग्राईभेल हालेर मात्र सडक कालोपत्रे हुनुपर्ने भएतापनि त्यस्तो नभएकोले अब पुननिर्माण गर्नुपर्ने ठाकुरले माग राखेका छन् । ५ ईन्च मोटाई हुनुपर्ने सो सडक निर्माणको क्रममा मुश्किलले २ देखि ३ ईन्चसम्म मोटाई सडक निर्माण गर्दै आएको स्थानीय लक्ष्मण महतोले बताए ।

ठाँउको अभावको कारण आफुहरुले डाईभर्सन गर्न असमर्थ रहेको कम्पनीको तर्फबाट रेखदेखमा खटिएको दिपनारायण महतोले स्वीकार गरे । निर्माणको क्रममा कहिकतै काममा समस्या हुन गएकोले मापदण्ड अनुसारको कामकाज गर्न नसकेको महतोले बताए । सडक डिभिजन कार्यालय जनकपुरका ईन्जिनियर ध्रुव नारायण पाण्डेले नियमविपरीत एवम गुणस्तरहीन तवरले निर्माण गरिएको कालोपत्रे मान्य नहुने बताए ।

हातले नै उप्काउदा उप्किने खवर पाएपछि स्थानीयहरु रोकिएको खबर पाएका छौँ। गुणस्तरहीन तवरले काम भएको पाईएको खण्डमा सो खण्डको सडक पुननिर्माण गरेपछि मात्र सडक निर्माणले पुर्णता पाउने पाण्डेले बताए । सडक डिभिजन कार्यालय जनकपुरधामको ८० लाखको लागतमा निर्माण हुने सो सडक सर्लाहीस्थित तिरुपति वालाजी कन्स्ट्रक्सनले टेण्डरप्रक्रियामार्फत सो सडक निर्माण गर्ने ठेक्का पाएका हुन । केही दिन अघि यसरी नै मापदण्ड विपरीत सडक निर्माण कार्य हुदा स्थानीयहरुद्वारा निर्माण कार्य अवरुद्ध बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !