१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

ओलीको निरन्तर ओरालो यात्रा, लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा



काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा परेका थिए । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी सोनामलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्रनम्बर २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी २०७४ साल फागुन ३ गते पहिलोपटक र गत बैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । पोखरेल ओलीका विश्वसा पात्र हुन् । ओलीको केन्द्रीय सत्ताबाट बहिर्गमन भएसँगै एमालेका प्रदेश सरकारहरु धमाधम ढल्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !