८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

ओलीका आर्थिक सल्लाहकार दुगडलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी



काठमाडौं । पूर्व उद्योग राज्यमन्त्री एवम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडलाई कारबाही माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी परेको छ । दुगड सञ्चालक रहेको कम्पनीले नेपाली बजारमा नुनको अवैध काराबार गरेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले उजुरी दर्ता गराएको हो ।

नेपालमा नुन बिक्रीको लागि अनुमति नपाएको दुगडको कम्पनी दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस मोरङले सेन्चुरी स्प्रींकल टेवल साल्टका नाममा आयोडिनयुक्त नून बिक्री गरेको मञ्चले जनाएको छ । उक्त कम्पनीले एक सय ग्रामलाई ३५ रुपैयाँमा बिक्री गरेको पनि मञ्चले उजुरीमा जनाइएको छ ।

खाद्य गुणस्तर नियन्त्रण कार्यालयबाट अनुमति नलिई नून उत्पादन गरेर बजार पठाइएको पनि मञ्चको दाबी छ । दूगडको व्यवसायलाई साथ दिएर कारबाही नगर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका अधिकारीलाई पनि उजुरीमा कारबाही माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !