७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

युवा संघमा पहिरो, उपाध्यक्षसहित २ दर्जन बढी केन्द्रीय सदस्यहरु माओवादी केन्द्रमा प्रवेश



काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघमा उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । युवा संघका केन्द्रीय उपाध्यक्ष योगेश साउदसहित सुदुरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्केका हुन । आज उपाध्यक्ष साउदले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दै नेकपा एमाले परित्याग गरेको बताएका थिए । उपाध्यक्ष साउदलाई अध्यक्ष प्रचण्डले खादा लगाएर स्वागत गरेका हुन । साउदले २६ जना केन्द्रीय सदस्य फर्केको जानकारी अध्यक्ष प्रचण्डलाई जानकारि गराएका थिए ।

उपाध्यक्ष योगेश २०५७ सालदेखि माओवादी आन्दोलनमा लागेका थिए । जनमिलिशियाबाट माओवादी बनेका साउद नेकपा विभाजन हुँदा लेखराज भट्टसँगै एमालेको युवासंघमा उपाध्यक्षको जिम्मेवारी पाएका थिए । एमालेभित्र लोकतान्त्रिक अभ्यास र राजनीतिक चरित्र नभएकोले त्यहाँ बस्न नसक्ने अवस्था सिर्जना भएको र गौरवशाली इतिहासलाई धोका दिन नसकिने लागेर पुनः माओवादी केन्द्रमा फर्केको साउदले बताए ।


प्रतिक्रिया दिनुहोस !