१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भौतिक रूपमा परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप लगाइने



त्रिभुवन विश्वविद्यालयले संचालन गरिरहेको परीक्षामा सहभागी हुने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका निर्देशक झलक गौतमका अनुसार भौतिक रूपमा उपस्थिति भएर परीक्षा दिँदा विद्यार्थीले जोखिम मोल्नु परेको गुनासो बढेपछि खोप दिने भएको हो । खोप लगाउन जाँदा विद्यार्थीले आफ्नो प्रवेशपत्र अनिवार्य बोक्नुपर्ने उनले बताए ।

विद्यार्थीले खोप काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर लगाउन पाउनेछन् । साथै अन्य जिल्लाको हकमा भने जिल्लाले नै तोकेबमोजिम स्थानमा खोप उपलब्ध गराइने गौतमले बताए ।

हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत विभिन्न संकायको परीक्षा चलिरहेका छन् । त्रिविले स्वास्थ्य मापदण्डविपरीत परीक्षा संचालन गरेको भन्दै विद्यार्थीहरू पनि केही दिनदेखि आन्दोलित थिए ।


प्रतिक्रिया दिनुहोस !