६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त



काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता रहनु भएका केसी बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो । उहाँलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गराउनु भएको हो । उहाँलाई मुख्यमन्त्री बनाउन बिहीबार बिहान लुम्बिनी प्रदेशका ४२ सांसदहरुले हस्ताक्षर गरेर प्रदेश प्रमुख सेरचनलाई बुझाएका थिए ।

बुधबार मात्रै निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफूबिरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि चलिरहेको विशेष अधिवेशन कै क्रममा राजीनामा दिनु भएको थियो । त्यसपछि माओवादी केन्द्रका संसदीय दलका नेता केसीले मुख्यमन्त्रीको दावी गर्नु भएको थियो । नेपाली काँग्रेस र नेकमा माओवादी केनद्रले यसअघि नै ८्८ महिना प्रदेश सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए । ८ महिनापछि काँग्रेसले मुख्यमन्त्री पाउनेछ ।


प्रतिक्रिया दिनुहोस !