वीपी प्रतिष्ठानमा अख्तियारको छापा, उपकरण खरिद र ठेक्कासम्बन्धी सबै कागजात नियन्त्रणमा « Supremekhabar
Edition
   २ आश्विन २०७८, शनिबार
 |   Sat Sep 18 2021
Logo

वीपी प्रतिष्ठानमा अख्तियारको छापा, उपकरण खरिद र ठेक्कासम्बन्धी सबै कागजात नियन्त्रणमा



सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । अख्तियारको केन्द्रीय कार्यालय टंगाल र प्रदेश कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी उपकरण खरिद तथा ठेक्कासम्बन्धी सबै कागजात नियन्त्रणमा लिएको हो । प्रतिष्ठानमा व्यापक भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि आयोगको टोलीले छापा मारेको हो ।

आयोगले केन्द्रीय कार्यालय टंगालका वरिष्ठ प्रहरी उपरीक्षक टेकबहादुर तामाङको नेतृत्वको टोलीले प्रतिष्ठानमा छापा मारेको हो । वीपी प्रतिष्ठानमा औषधि, उपकरण खरिद, भौतिक निर्माण लगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले मिलेमतो गरी बजार मूल्य भन्दा बढी मूल्यमा खरिद गरेको र ठेक्का लगाएको सूचना बाहिरिएपछि अख्तियारको टोेलीले प्रतिष्ठानमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।

प्रतिष्ठानमा नियम विपरीत उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा। गौरीशंकर साह र लेखा प्रमुख र खरिद शाखा प्रमुखको मिलेमतोमा प्रतिष्ठानमा करोडौं हिनामिना गरिएको उजुरीका आधारमा अख्तियारको टोलीले प्रतिष्ठानमा छापा मारेको हो । टोलीले प्रतिष्ठानको लेखा शाखा, खरिद शाखा, स्टोर लगायतका शाखामा गई आबश्यक कागजपत्र नियन्त्रणमा लिएको छ ।

प्रतिष्ठानलाई आर्थिक अनियमितता गरी धरासाही बनाएको भन्दै यहाँका चिकित्सक, कर्मचारीले समेत भ्रष्ट्रचारीलाई कारबाहीको माग गर्दै दुई महिनादेखि आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डा. विष्णु पोखरेलले प्रतिष्ठानमा भएका सबै खाले भ्रष्ट्राचारको छानविन गरि तत्काल दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।

प्रतिष्ठानका पदाधिकारीहरूले मातृ शिशु भवन, फार्मेसी भवन निर्माणमा तोकिएको भन्दा बढी रकममा ठेक्का लगाइ आर्थिक अनियमितता गरेको, कोभिड अस्पताल सञ्चालन गर्दा करौडौं रुपैयाँ हिनामिना गरेको, प्रतिष्ठानको अक्सिजन प्लान्ट मर्मतमा लाखौ रुपैयाँ हिनामिना गरेको, आईसीयू, भेन्टिलेटर, बेड खरिदमा अनियमितता भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा ८ जनालाई माफी, ५२३ जनाको कैद कट्टा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ८ जनालाई माफी र ५२३ जनाको कैद भट्टा गरेकी छन् । पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेतका ८ जना व्यक्तिलाई विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारेर माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । हर्कबहादुर राईसमेत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको छ । असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो । सरकारले २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस !

एउटा प्रदेशी जिन्दगी, प्रदेशमै जान्छ प्राण अनि पखेरु !



लमजुङका यी २२ बर्षे युवाको नाम डेल्सन थापा मगर हो । अनि उनले छोई रहेको सेतो बाकसभित्र उनका बुबा गोबिन्द कुमार थापा मगरको लास छ । डेल्सन ३ बर्षको हुँदा मलेसिया गएका गोबिन्द लामो समयसम्म परिवारसँग सम्पर्कमा आएनन् ।

३ र ५ बर्षका दुई छोरा छोडेर सम्पर्कहिन बनेका उनकी श्रीमती यही पिरले बितिन् । बैदेशिक रोजगारीमा गएको शुरुवाती समय र अन्ततिर गोविन्द सम्पर्कमा त आए तर त्यसबेला उनलाई असाध्य बिमारले च्यापिसकेको थियो । उनलाई पेनाङका नेपालीको सहयोगमा नेपाल पठाउन एयरपोर्ट पुर्याईयो ।

दुर्भाग्य, एयरपोर्ट पुग्नासाथ उनी बेहोस भएर ढले । फर्काएर अस्पताल भर्ना गरियो । तर, तिनदिन पछि गोविन्दले पराई भुमीमा नै प्राण त्याग गरे । गोविन्दका कान्छा छोरा डेल्सन काठमाडौमा सामान्य रोजगारी गर्छन् । जनउद्धार केन्द्र, मलेसियाका साथीहरुले डेल्सनलाई सम्पर्क गरेर सोधे -‘लास नेपाल लाने कि यतै सद्गती गर्ने ?’

जिवनमा बाबुको अनुहार समेत नदेखेका उनले भने- ‘लामो समयसम्म सम्पर्कहिन हुनुभयो । त्यही पिरले मम्मीपनी बित्नु भो । मलाई त बाबुको अनुहारपनि याद छैन । १९ बर्षसम्म कहाँ, के गर्नुभो, के समस्या पर्यो । कसरी बिरामी पर्नु भो, केही थाहा छैन । तर जे भएपनी जन्मदिने बाबू हुन् , एकपटक अनुहार हेर्न पाए हुन्थ्यो !’

तर, लास ल्याउन सक्ने डेल्सनको आर्थिक अवस्था थिएन । उनलाई फुपुहरुले सहयोग गरिरहेका थिए । जिन्दगीमा कहिल्यै बाबुको अनुहार प्रतक्ष देख्न नपाएको छोराको एकपटक बाबुको अनुहार हेर्ने अन्तरईच्छालाई अन्तत: जनउद्धार केन्द्र मलेसिया र अन्य समाजसेवीले पूरा गरिदिनु भयो ।

परदेशमा गुमनाम रहेको एउटा नेपालीको लास अर्को नेपालीको सहयोगमा आज नेपाल आईपुग्यो । छोराले बाबुको अनुहार हेरे । दिवंगत देहले आफ्नै जन्मभुमीको माटोमा समाहित हुन पायो । यसकालागी जनउद्धार केन्द्र, केशु थापा, सुनिल श्रेष्ठ, बिरस पुन, देवेन्द्र गिरि लगायत धन्यबादको पात्र छन् । यो अभियानको निरन्तरको सारथि हुन पाउँदा हामी पनि खुसी छौँ ।

तर, परदेशमा कंक्रिटका जङ्गल, जङ्गलका गल्ली र गल्लीका कुना, भित्तामा कति गोविन्दहरु गुमनाम बाँचिरहेका हाेलान् ! देशका कुना काप्चामा कति श्रीमती र सन्तानहरु बाबु फर्कने बाटो कुर्दै बसेका होलान् ! बैदेशिक रोजगारीमा गएका तर घर परिवारबाट सम्पर्कहिन भएकाहरुको सूची मन्त्रालय, बिभाग, दुताबास वा बोर्डसँग हाेला कि नहोला !?

प्रतिक्रिया दिनुहोस !

भीम रावललगायतका नेताहरु भगौडा हुन्, युद्ध अपराधीलाई जनताले माफी गर्दैनन् : झाँक्री



सिन्धुली। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई भगौडाको संज्ञा दिएकी छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले लडाइँबाट भाग्ने भगौडाहरूलाई फेरि पार्टीमा ल्याएर नेता मान्न नसकिने बताएकी हुन् । कार्यक्रमलाई संवोधन गर्दै उनले युद्धबाट भाग्नेहरुलाई फेरि मोर्चामा ल्याएर कमान्डर बनाउन नसकिने बताउँदै युद्धबाट भागेका युद्ध अपराधीलाई जनताले माफी गर्न नदिने बता्ईन् ।

झाँक्रीले संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास रहेकाले यदी युद्दबाट भाग्ने भगौडाहरूले सरेन्डर गरेर हामी मोर्चामा सामेल हुन्छउँ भनेर आएको खण्डमा ढोका खुला रहने बताएका हुन् । विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्किएका थिए । झाँक्रीले उनीहरुलाई युद्द अपराधी र भगौडाको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताईन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: