१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

थप ३२६० जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु



काठमाडौं । नेपालमा थप तीन हजार दुई सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार दुई सय ६० जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७६९ जना पुगेको छ भने एन्टिजेन विधिबाट ७२ हजार ८८२ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज दुई हजार दुई सय ९४ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६ लाख ७७ हजार तीन सय ७७ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार दुई सय १२ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार एक सय ८० रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय