प्रश्नपत्र लिक भएपछि राष्ट्र संघीय मिशन पठाउन लिईएको प्रहरीको परिक्षा स्थगित « Supremekhabar
Edition
   ४ आश्विन २०७८, सोमबार
 |   Mon Sep 20 2021
Logo

प्रश्नपत्र लिक भएपछि राष्ट्र संघीय मिशन पठाउन लिईएको प्रहरीको परिक्षा स्थगित



काठमाडौं : नेपाल प्रहरीले राष्ट्र संघीय मिशनमा पठाउनुअघि हालै लिएको एउटा पूर्वपरीक्षा आज रद्ध गरेको छ । साउन १५ र १६ गते प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयहरुमा सञ्चालन भएको युन परीक्षाका प्रश्नहरु अगावै बाहिरिएपछि हंगामा भएको थियो । प्रश्नपत्र बाहिरिएपछि प्रहरीले सञ्चालन गर्ने परीक्षाको विश्वसनियतामाथि गम्भीर प्रश्न उठेका हो । प्रहरी प्रधान कार्यालयले आज आफू मातहतका कार्यालयलाई पठाएको एउटा जानकारीमा उक्त परीक्षा रद्द भएको व्यहोरा उल्लेख गरिएको छ ।

जानकारीमा भनिएको छ, ‘पुनः परीक्षा सञ्चालन सम्बन्धी मिति तय भए पश्चात जानकारी गराइने हुँदा उक्त परीक्षामा सहभागी हुने प्रहरी कर्मचारीहरुलाई तयारी हालतमा राख्नुहुन ।’ यसअघि प्रश्नपत्र चुहिएर अन्तर्राष्ट्रिय बेइज्जती भएपछि प्रहरीले छानबिन समिति गठन गरेको थियो । विदेशका कुनै पनि मिशनमा पठाउनुअघि प्रहरीमा आन्तरिक छनौटको निम्ति परीक्षा लिनुपर्ने प्रावधान छ । आन्तरिक छनौटमा उतीर्ण भएका उम्मेदवारलाई पछि राष्ट्रसंघका प्रतिनिधि नै उपस्थित भएर परीक्षा लिने गरिन्छ । साउन दोस्रो साता भएको उक्त परीक्षा प्रारम्भिक टेस्ट मात्रै हो । जहाँ प्रारम्भमै अनियमितताको प्रयास भएको थियो ।

राष्ट्र संघले पछिल्लो पटक नेपाललाई मिशनको निम्ति उपलब्ध गराएको २ सय ७० वटा कोटाको लागि उक्त परीक्षा लिइएको बताइन्छ । जसमा २ हजार ३ सय जना प्रहरी सहभागी भएका थिए । परीक्षा अगावै प्रश्नपत्र लिक भएपछि तहल्का मच्चिएको थियो । परीक्षामा सहभागीहरुले नै प्रश्नपत्र लिक भएको हल्ला गरेपछि प्रहरीको विश्वसनियतामाथि प्रश्न चिन्ह उठेको हो । त्यहि अनियमितता जाँचबुझ गर्न आईजीपी सचिवालयका डिआईजी बसन्तकुमार लामाको अध्यक्षतामा छानबिन समिति गठन भएको थियो । जसमा एसएसपी कृष्ण महत, साइबर ब्युरोका एक जना एसपी, अर्का एसपी केदार रजौरिया र कानुन विभागका प्रतिनिधि थिए ।


प्रतिक्रिया दिनुहोस !


आगोले पोलेको चार दिनसम्म उपचार नपाएर छट्पटाउँदै एक महिला



उत्तरी गोरखाको धार्चे गाउँपालिका २ रुन्चेतकी गर्बी गुरुङ आगोले पोलेको चार दिनसम्म घरमै छिन्। गत असोज १ गते राती निदाइरहेका बेला खोरमा आगलागी भएपछि १३ वटा बाख्रासँगै ४५ वर्षकी गर्वी गुरुङ जलेकी हुन्। सुतिरहेका बेला गोठमा आगलागी भएको उनको शरीरभरी घाउ नै घाउ छ तर उपचार पाएकी छैनन्।

‘ज्यानभरि जताततै जलेर भाउजुको अवस्था गम्भीर छ’, उनका आफन्त गोपाल घलेले भने। सडक सञ्जालले नजोडिएकाले उपचार गराउन हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। तर आर्थिक अवस्था कमजोर भएका कारण बिरामीको परिवारले हेलिकप्टरमा लैजान सकेका छैनन्।’

आगलागीबाट १४ वटा बाख्रा जलेको थियो। आगलागीबाट खरले छाएको गोठ खरानी भएको छ। त्यहाँ राखिएको दाउरा पनि जलेको स्थानीय गोपाल घलेले बताए।

गम्भीर घाइते अवस्थामा छिमेकी गोठका मानिसले उनको उद्धार गरेका थिए। सोमबार हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएपछि खराब मौसमका कारण सम्भव भएको छैन।

सडक सञ्जालले नजोडिएको उत्तरी गोरखामा बिरामी हुँदा, दुर्घटनामा पर्दा स्थानीयले महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। आर्थिक अवस्था कमजोर भएकाहरु समयमै उपचार नपाउँदा ज्यान गुमाउन बाध्य छन्।

प्रतिक्रिया दिनुहोस !

गाई काट्ने १० पक्राउ



नेपालको राष्ट्रिय जनावर गाई काटेको आरोपमा मकवानपुर प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरी चौकी हात्तिसुँडेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरी उक्त स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा बकैया–११ कालिदमारका ३८ वर्षीय जनकबहादुर लो, सोही स्थानका ३५ वर्षीय राज लो, ४० वर्षीय रवीन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राजकुमार घलान, ४८ वर्षीय प्रलादभक्त न्यासुर, च्याउच्याउ बस्ने १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सञ्चमाया भोलन, १६ वर्षीय सन्देश विक, ४० वर्षीय सुनबहादुर तामाङ, ३६ वर्षीया फुलमाया थिङ रहेका छन् । उनीलाई गाई काटेको सूचनाका आधारमा आइतबार साँझ पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सोमबारदेखि १० हिमाली जिल्लामा खोप



काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई सोमबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती जिल्लाका १८ वर्षभन्दा माथिका सबैलाई सोमबारदेखि यही असोज १४ गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको हो । सरकारले शुक्रबारमात्र चीन सरकारबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको थियो ।

यस्तै, काभ्रे र चितवनमा पनि १८ वर्ष भन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई खोप लगाउन थालिएको छ । उनले अभियानकै क्रममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्ष माथिका खोप लगाउन बाँकी र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइने छ ।

यस्तै, मनाङ, मुस्ताङ र पूर्वी रुकुम बाहेकका ५५ जिल्लामा ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि अभियानकै क्रममा खोप लगाइने उनले बताए । पहिलो मात्रा खोप लगाइसकेका लागि कात्तिक ४ देखि कात्तिक १४ गतेसम्म भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गरिने छ ।

सोमबारैदेखि यसअघि पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राको खोप अभियान पनि सञ्चालन गरिएको छ । दोस्रो मात्रा सोमबारदेखि असोज ६ गतेसम्म काठमाडौं जिल्लामा सञ्चालन भइरहेको छ ।मन्त्रालयले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर जान समेत अनुरोध गरेको छ । अहिलेसम्म नेपालमा पहिलो मात्रा ६२ लाख तीन हजार ३१६ जनाले र पूर्णमात्रा ५५ लाख ७८ हजार ८६५ जनाले लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: