१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

मार्जिन कर्जामा कडाई, एक जनाले १२ करोडसम्म मात्रै मार्जिन कर्जा लिन सक्ने, एक बैंकबाट ४ करोड मात्रै



नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाई गर्दै एक जनाले अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन कर्जा लिन सक्ने व्यवस्था गरेको छ।

लगानीकर्ताले एक बैंकबाट अधिकतम ४ करोड रुपैयाँसम्म मात्रै मार्जिन कर्जा लिन सक्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मार्जिन कर्जाको सिमालाई भने यथावत राखेको छ। लगानीकर्ताले ७० प्रतिशतसम्म शेयर धितो कर्जा लिन सक्ने व्यवस्था यथावत राखेको हो।


प्रतिक्रिया दिनुहोस !