७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

सार्वजनिक सवारी मर्मतका लागि २ लाखसम्म ऋण



नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारी साधन मर्मतका लागि पनि ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको छ । चालु आर्थिक वर्षका लागि जारी गरिएको मौद्रिक नीतिमा कोभिड-१९ बाट अति प्रभावित सार्वजनिक यातायात सञ्चालन तथा मर्मतसम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रतिसवारी साधन २ लाख रुपैयाँसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

सार्वजनिक सवारी धनीले निषेधाज्ञामा थन्किएका सवारीको मर्मतका लागि नगद प्रवाह नभएको भन्दै गुनासो गरिररहेका थिए । उनीहरुले सार्वजनिक सवारीलाई अति प्रभावित क्षेत्रमा रुपमा राखेर नीति ल्याउन माग गरेका थिए ।

सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वको समयावधि एक वर्षसम्म थप गरी कम्तीमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ । यो व्यवस्था कोभिड-१९ महामारीका कारण नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना र मझौला व्यवसायलाई समेत लागू हुने व्यवस्था पनि नीतिले गरेको छ ।


प्रतिक्रिया दिनुहोस !