७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

इन्टरनेट शुल्क घटाउने तयारीमा सरकार



काठमाडौं । सरकारले इन्टरनेटको शुल्क घटाउने तयारी गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्‍याउन सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिएका छन् ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘मोबाइल डेटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौं ।’

सरकारी र निजी सेवाप्रदायक मिलेर अहिले भएको दरमा इन्टरनेट सेवाको शुल्क घटाई सबैको सुलभ बनाइने उनले जनाए ।

यता नियमक नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै इन्टरनेटको शुल्क देशको प्रतिव्यक्ति आएको दुई प्रतिशतमा झार्ने तयारी अगाडि बढाइसकेको छ ।

हालको ब्रोडब्याण्ड नीतिले इन्टरनेटको शुल्क देशको प्रतिव्यक्ति आयको ५ प्रतिशत हुनुपर्ने भनी उल्लेख गरेकाे छ ।

तर, अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयु) ले सन् २०२५ सम्म त्यसलाई घटाएर प्रतिव्यक्ति आयको दुई प्रतिशतमा झार्नुपर्ने बताएको छ ।

त्यसैका आधारमा हाल नीतिगत सुधारको प्रक्रिया अघि बढेको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !