१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पाल्पामा स्याललाई हानेको गोली लागेर छोराको मृत्यु



पाल्पा- रिब्दीकोट गाउँपालिका–६ ठिमुरेको तल्लोताल गाउँमा स्याललाई हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । कर्णबहादुरले आफ्नै घरदेखि सय मिटर नजिकै मकै बारीमा आएको स्याललाई हानेको गोली छोरा धनबहादुरलाई लागेको बयान प्रहरीसमक्ष दिएका छन् ।

प्रहरीले एक नाले भरुवा बन्दुकसहित कर्णबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !