काँग्रेसको १४ औं महाधिवेशनको मिति फेरियो « Supremekhabar
Edition
   २ आश्विन २०७८, शनिबार
 |   Sat Sep 18 2021
Logo

काँग्रेसको १४ औं महाधिवेशनको मिति फेरियो



काठमाडौं । नेपाली काँग्रेसले फेरी १४ औं महाधिवेशनको मिति फेरेको छ । आगामी भदौमा हुने भनिएको महाधिवेशनको मिति मंसिर दोस्रो सातामा सार्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सहमति जनाएको हो । काँग्रेस केन्द्रीय कार्य समितिको आज बुढानीलकण्ठमा बसेको बैठकले उक्त निर्णय गरेको हो । जसअनुसार अब क्रियाशील सदस्यको अन्तिम नामावली र निर्वाचन निर्देशिका बुझाउने मिति भदौ २ गते तोकिएको छ ।

त्यसैगरी वडा अधिवेशन भदौ १८ गते, गाउँ तथा नगरपालिकाको अधिवेशन भदौ २७ गते र प्रदेश निर्वाचन क्षेत्रस्तरीय महाधिवेशनको नयाँ मिति असोज १ गतेको लागि तय गरिएको छ । संघीय निर्वाचन क्षेत्रस्तरीय अधिवेशन असोज ५ गते, जिल्लास्तरीय असोज १० गते, प्रदेशस्तरीय कात्तिक १० र १२ गते तथा केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्मको लागि तय गरेको बताइएको छ । यसअघि नेपाली काँग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने भनिएको थियो ।


प्रतिक्रिया दिनुहोस !


अखिलमा नयाँ नेतृत्व : अध्यक्षमा सुनिता बराल, महासचिव समिक बडाल



काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष बराललाई अध्यक्ष घोषणा गर्न लागेको छ । आगामी चैतमा २३ औं महाधिवेशन आयोजना गर्नेगरी बराल अध्यक्ष र समिक बडाल महासचिव रहनेगरी केन्द्रीय समिति हेरफेर र विस्तार गर्न लागिएको विद्यार्थी इन्चार्ज खिमलाल भट्टराईले जानकारी दिए ।

अखिलको वरिष्ठ उपाध्यक्षमा हालका सचिव तथा प्रवक्ता आरसी लामिछाने चयन भएका छन् । उपाध्यक्षमा झपिन्द्र खत्री, यमराज पाण्डे, मोति विक, निशा अधिकारी, कल्पना वाइबा, उमेश आचार्यलगायतको नाममा सहमति जुटेको छ भने ११ जना सचिव रहने भएका छन् । पार्टीको निर्णयबमोजिम यसपटक अनेरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । ५ वर्षअघि सम्पन्न २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नविना लामा नेकपा एकतासँगै विदा भएर ऐन महर अध्यक्ष बनेका थिए । महर शनिबारबाट विद्यार्थी राजनीतिबाट अलग भएका छन् ।

उनीसँगै २२ औं सम्मेलनबाट निर्वाचित उपाध्यक्ष रश्मी आचार्य, महेश वर्तौला र सैलेश लामा पनि अनेरास्ववियूबाट विदा हुँदै छन् । अध्यक्षको लागि रश्मी आचार्य र बर्तौला पनि आकांक्षी थिए । पूर्वअध्यक्ष नविना लामा, रश्मी आचार्य आफूहरुलाई अन्याय भएको भन्दै अनेरास्ववियूको बैठकमा अनुपस्थित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

भीम रावललगायतका नेताहरु भगौडा हुन्, युद्ध अपराधीलाई जनताले माफी गर्दैनन् : झाँक्री



सिन्धुली। नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा फर्किएका नेतालाई भगौडाको संज्ञा दिएकी छन् । शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले लडाइँबाट भाग्ने भगौडाहरूलाई फेरि पार्टीमा ल्याएर नेता मान्न नसकिने बताएकी हुन् । कार्यक्रमलाई संवोधन गर्दै उनले युद्धबाट भाग्नेहरुलाई फेरि मोर्चामा ल्याएर कमान्डर बनाउन नसकिने बताउँदै युद्धबाट भागेका युद्ध अपराधीलाई जनताले माफी गर्न नदिने बता्ईन् ।

झाँक्रीले संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास रहेकाले यदी युद्दबाट भाग्ने भगौडाहरूले सरेन्डर गरेर हामी मोर्चामा सामेल हुन्छउँ भनेर आएको खण्डमा ढोका खुला रहने बताएका हुन् । विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्किएका थिए । झाँक्रीले उनीहरुलाई युद्द अपराधी र भगौडाको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताईन् ।

प्रतिक्रिया दिनुहोस !

चुनावपछि सत्ता गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिन्छ : ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले खर्बौं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका छन् । शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौंको चलखेल गरेको बताएका हुन् ।

आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गरे । उनले भने, ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अरबौँको खेल भइसक्यो । कसरी यतिबेर यो बिचमा आएर करका दरहरु यत्रो ठुलो ढंगले देशलाई करोडौँको, अर्बौंको मात्र होइन खर्बौको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो । सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन । मान्छेहरु खुलेआम भनिराखेका छन् यो सेटिङ हो सञ्चार माध्यम लेखिराखेको छ बोलिराखेको छ सेटिङ भयो । भएन भन्ने ठाउँ छैन । म राष्ट्रसेवक कर्मचारी मित्रहरूलाई, तपाईहरुलाई भन्न चाहान्छु खासगरी नेपाल निजामती कर्मचारी संगठन स्वच्छताको प्रतीक संगठन बन्नुपर्छ ।’

अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गरे । चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताए । अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुलाई जुनसुकै पार्टीको भएपनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिए । कर्मचारीहरुले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रुपमा सेवा पु¥याउनुपर्ने उनले बताए । सेवाग्राहीको सेवा पाउने अधिकार भएकाले कर्मचारीको सेवा दिनुपर्ने कर्तव्य ठानेर काम गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: