१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

अफगानिस्तानमा रहेका १४ हजार बढी नेपालीलाई स्वदेश फर्काउन डा. भट्टराईको माग



काठमाडौं । जनता समाजवादी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्काउन सरकारसँग माग गरेका छन् । उनले अफगानिस्तानमा सुरक्षा संकटमा रहेका १४ हजार बढी नेपाली कामदारलाई स्वदेश फर्काउन माग गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै भट्टराइले कामदार फर्काउन सरकारले आलटाल वा वहानावाजी गर्न नहुने तर्क गरे । उनले भनेका छन्, पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो। गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्’, भट्टराइले लेखेका छन् ।

अफगानिस्तानमा पछिल्लो समय तालिवान र सरकारबीच युद्ध चर्किएको छ । राजधानी बाहेकका शहरहरु तालिवानले आफ्नो तिनयन्त्रणमा लिइसकेका छ । सरकारी संयन्त्र निकम्मा जस्तै भएको छ । जसले गर्दा धेरै सर्वसाधारणले ज्यान गुमाएका छन् भने कयौं विस्थापित भएका छन् । विभिन्न देशले आफ्ना नागरिकलाई सुरक्षित स्वदेश फर्काएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय