८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

अब्दुल गानी बारादार बन्लान् अफगानिस्तानका अन्तरिम राष्ट्रपति ?



अफगानिस्तानको तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गानी बारादर आइतवार बहालवाला राष्ट्रपति अशरफ गानीसँग वार्ताका लागि काबुल पुगेका छन् ।

बारादर र गानीबीच राष्ट्रपति भवनमा वार्ता चलिरहेको छ ।

गानीले राजीनामा दिएर बारादरलाई अन्तरिम राष्ट्रपति बनाइने केही सञ्चारमाध्यमले खबर दिएका छन् ।

कतारले तालिबान र अफगान सरकारबीचको सम्झौताका लागि पहल गरेको हो । अमेरिकाले यसका लागि अनुमति दिएको हो ।


प्रतिक्रिया दिनुहोस !