१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कुलमानले आफ्नो कोर टिम बनाउन थाले, उपकार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर, क-कसलाई ल्याए?



नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकका रुपमा दोस्रोपटक जिम्मेवारी सम्हाल्न आइपुगेका कुलमान घिसिङले आफ्नो कोर टिम बनाउन सुरु गरेका छन्।

घिसिङले इन्जिनियरिङ सेवा निर्देशनालयमा रहेका उपकार्यकारी निर्देशक मनोज सिलवाललाई ग्राहक तथा वितरण सेवा केन्द्रको प्रमुखको जिम्मेवारी दिएका छन्। सिलवाल आयोजना व्यवस्थापन निर्देशनालयमा हुँदा तत्कालिन प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले इन्जिनियरिङ सेवा निर्देशनालयमा सरुवा गरेर उनको ठाउँमा रामजी भण्डारीलाई ल्याएका थिए।

ग्राहक तथा वितरण सेवा निर्देशनालयमा रहेका उपकार्यकारी निर्देशक हरराज न्यौपानेलाई उत्पादन निर्देशनालय प्रमुखको जिम्मेवारी दिइएको छ। आयोजना व्यवस्थापन निर्देशनालयमा रहेका उपकार्यकारी निर्देशक रामजी भण्डारीलाई इन्जिनियरिङ सेवा निर्देशनालयमा सरुवा गरिएको छ। आयोजना व्यवस्थापन निर्देशनालयको जिम्मेवारी ११औं तहका निर्देशक ताराप्रसाद प्रधानलाई दिइएको छ।

उत्पादन निर्देशनालयमा रहेका उपकार्यकारी निर्देशक मदन तिम्सिनालाई सहायक कम्पनी अनुगमन निर्देशनालयको जिम्मेवारी दिइएको छ।
प्राधिकरणबाहिर रहेका उपकार्यकारी निर्देशकहरु माधव कोइराला, हितेन्द्रदेव शाक्य एनइए इन्जिनियरिङ कम्पनी र विज्ञानप्रसाद श्रेष्ठ माथिल्लो तामाकोशीलाई भने यथावत राखिएको छ।


प्रतिक्रिया दिनुहोस !