१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

विदेश भागे अफगानी राष्ट्रपति अशरफ घानी, राष्ट्रपति भवन तालिबानको कब्जामा



एजेन्सी । राष्ट्रपति अशरफ गानीले देश छाडेपछि तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । रोएटर्सलाई उदृत गर्दै बीबीसीले तालिवान विद्रोहीबाट राष्ट्रपति भवन कब्जा भएको जनाएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि हुन नसकेको समाचारमा जनाइएको छ ।

देशभर कब्जा जमाउँदै अघि बढेको तालिवान आइतबार मात्रै काबुल प्रवेश गरेको थियो । वार्तामार्फत तालिवानलाई सत्ता हस्तान्तरणको तयारी हुँदै गर्दा घानी देश छाडेर विदेश भागेका थिए । स्थानीय पत्रकार विलाल सरवरीले तालिवानसँग वार्तामा संलग्न दुई सरकारी अधिकारीलाई उदृत गर्दै घानी सत्ता हस्तान्तरण गर्न राजी भएको बताएका छन् । सम्झौताअनुसार सत्ता हस्तान्तरण कार्यक्रम राष्ट्रपति भवनमा आयोजना गर्ने तय पनि भएको थियो भने जुन समारोहमा घानी सहभागी हुने तय भएको थियो । तर उनी एकाएक विदेश भागेका हुन् ।


प्रतिक्रिया दिनुहोस !