१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

रक्तपात रोक्न देश छोडे : अफगानी पूर्वराष्ट्रपति असरफ घानी



काठमाडौं । अफगानिस्तान तालिबानको कब्जामा गएको छ । तालिबानको त्रासमा परेर ज्यान जोगाउन भाग्न चाहनेहरुको भीडले अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ । विमानस्थल पूरै अमेरिकी र नेटो सैनिकको नियन्त्रणमा छ । मुलुकको नेतृत्व गरिरहेका राष्ट्रपति असरफ घानी नै देश छाडेर भागेपछि सर्वसाधारणमा आतंकको अवस्था सृजना भएको हो । देश छाडेर भागेका घानीले राजधानी काबुलमा रक्तपातपूर्ण अवस्था नआओस् भनेर आफूले मुलुक छाड्ने निर्णय गरेको सफाई दिएका छन् ।

उनले आफू राष्ट्रपति भवनमै रहिरहँदा धेरै मानिसको ज्यान जानसक्ने अवस्था भएकाले शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण होस् भन्ने चाहेर पलायनको निर्णय लिएको तर्क गरेका छन् । त्यहीँ, पूर्वराष्ट्रपति हमिद कारजाईले भने आफूले देश नछाड्ने प्रतिवद्धता जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै उनले आफू राजधानी काबुलमै रहने प्रष्ट गरेका छन् । मुलुक र देशवासीको रक्षाको जिम्मेवारी तालिबानको काँधमा आएकाले त्यसलाई होशियारीपूर्वक निभाउन कारजाईले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस !