११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

मिल्दोजुल्दो डोमेन र लोगो भएका न्युज पोर्टल सूचीकरण नगरिने



काठमाडौं । प्रेस काउन्सिल नेपालले मिल्दाजुल्दा डोमेनका समाचार पोर्टल सूचीकरण नगर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै काउन्सिलले दर्ता भई सूचीकृतका लागि आउने अनलाइनहरूले प्राय मिल्दाजुल्दा नाम, र दर्ता भई सञ्चालित नाम चलेका अनलाइन लगायत मिडियलार्ई आधार बनाई अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडेर डोमेन दर्ता/मिडिया दर्ता गराई सूचीकरणका लागि आवेदन दिने प्रवृत्ति बढेको भन्दै अब उप्रान्त त्यस्ता डोमेन न्युज पोर्टल सूचीकरण नगर्ने जनाएको हो ।

यस्ता विषयमा विधिवत् हिसाबले नै पहिले सञ्चालन भइरहेका अनलाइन मिडियाबाट पटकपटक गुनासो आउने गरेको काउन्सिलले जनाएको छ ।

यसै सन्दर्भमा गत साउन १८ गते बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले दर्ता भई सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाई अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडेर डोमेन दर्ता/मिडिया दर्ता गराई मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम लिएर सूचीकरण हुन आएमा त्यस्ता न्युज पोर्टललाई सूचीकरण नगर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस !