१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

काठमाडौं महानगरले केही दिन फोहोर नउठाउने



काठमाडौं महानगरपालिकाले केही दिन फोहोर नउठाउने जनाएको छ ।

महानगरले उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिसडोल ल्यान्डफिल्ड साइटमा पु¥याउने गरेको थियो ।हाल ल्यान्डफिल साइटको सडक बिग्रेकाले मर्मत गर्नुपर्ने अवस्था छ । यता केही दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंका सडकमा फोहोरको डंगुर देखिन थालेको छन् ।केही दिनदेखिको वर्षाले सडक बिग्र्रिको महानगरले जनाएको छ। महानगरले भनेको छ, ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं।’

सडक मर्मत भएर ल्यान्डफिल्ड साइट सञ्चालनमा आएपछि मात्रै फोहोर उठाइने भएको छ। त्यतिञ्जेलसम्म घरमै राख्न र बाहिर नफाल्न महानगरले अनुरोध गरेको छ। अहिले महानगरले फोहोर नउठाउँदा सडकका छेउछाउमा फोहोर थुप्रिन थालेको छ। घरबाहिर फाल्दा झन फोहोर बढ्न थालेको हो।

काठमाडौंको फोहोरमैला नुवाकोटको ककनी गाउँपालिका २ स्थित सिस्डोलमा रहेको ल्यान्डफिल्ड साइटमा फाल्ने गरिउको छ। वर्षाका कारण ल्यान्डफिल्ड साइट पुग्ने सडक बिग्रिएको छ। जसले गर्दा गाडी जान सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस !