१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

अफगानिस्तानको विमानस्थलमा अमेरिकाले चलायो गोली, व्यावसायिक उडान स्थगित



अफगानिस्तानको काबुल विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ। अमेरिकी सेनाले हावामा गोली चलाएको हो। एक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले भिड नियन्त्रण लिन विमानस्थलमा गोली चलाएको हो।

सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ। फायरिङ भीड तितरबितर गर्नमात्रै केन्द्रित रहेको समाचारमा जनाइएको छ।

यसैबीच समाचार ऐजेन्सीका अनुशार काबुल विमानस्थलबाट उड्ने व्यवसायिक उडान स्थगित गरिएको छ। आफगान टेलिभिजन च्यानल टोलो न्यूजका अनुसार काबुलको हामिद करजई अन्तराष्ट्रिय विमानस्थलमा भीड नगर्न अपिल गरिएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय