८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

थाहा पाउनुस् युरिक एसिड नियन्त्रण गर्ने तरिका



आजकाल मानिसहरुमा युरिक एसिडको समस्या बढ्दै गइरहेको छ । शरीरमा युरिक एसिडको स्तर त्यतिबेला बढ्छ जब मृगौलाले यसलाई फिल्टर गर्न विफल रहन्छ । साधारणतया मृगौलाको काम युरिक एसिडलाई फिल्टर गरेर पिसाबमार्फत् यसलाई शरीरबाट बाहिर निकाल्नु हो । जब शरीरमा युरिक एसिड धेरै मात्रामा बन्न थाल्छ तब मृगौलाले यसलाई फिल्टर गर्न सक्दैन तसर्थ रगतमा युरिक एसिडको स्तर बढ्ने गर्छ ।

यद्यपि, कम जानकारीका कारण मानिसहरु यसको लक्षणलाई नजरअन्दाज गर्ने गर्छन् । यस्तोमा युरिक एसिडको बढ्दो स्तरले थुप्रै स्वास्थ्य समस्यालाई जन्म दिन सक्छ । यसका कारण जोर्नी दुख्ने समस्या पनि हुनसक्छ । युरिक एसिडबारे थाहा पाउनैपर्ने जानकारी यहाँ दिइएको छः

विशेषज्ञका अनुसार युरिक एसिड एक प्रकारको प्राकृतिक विकार हो जुन शरीरमा दैनिक उत्पन्न हुन्छ । यो प्यूरिन नामको रसायनबाट प्राप्त हुन्छ जुन प्राकृतिक कोसिका टुटेका कारण बन्ने गर्छ । महिलाका लागि सामान्य युरिक एसिडको स्तर २–६ हो र पुरुषका लागि यो लगभग ३–७ हो ।

विशेषज्ञका अनुसार धुम्रपान, मद्यपान र धेरै बेरसम्म बसिरहँदा शरीरमा युरिक एसिडको स्तर बढ्ने गर्छ । युरिक एसिडमा वृद्धि हुँदा जोर्नी सुन्निने, हिँड्न समस्या हुने, मृगौलामा पत्थरी पनि हुनसक्छ । युरिक एसिडको स्तरलाई बढ्नबाट रोक्नका लागि यी चीजको सेवन गर्नुहोस् ।

पर्याप्त मात्रामा पानी पिउनुहोस्ः

आफूलाई हाइड्रेट राख्दा युरिक एसिडको स्तर नियन्त्रणमा रहन्छ । दैनिक ८–१० गिलास पानी पिउनुहोस् । दैनि ताजा र मौसमी फलफूलको सेवन गर्दा शरीर स्वस्थ रहन्छ र युरिक एसिडको स्तर पनि नियन्त्रणमा रहन्छ । यसबाहेक केराको सेवन गर्दा पनि शरीर सुन्निन कम हुन्छ ।

नट्सः

नट्सको सेवनले शरीरलाई स्वस्थ र ऊर्जावान् राख्न मद्दत गर्छ । दैनिक नट्सको सेवन गर्दा युरिक एसिडको स्तर नियन्त्रणमा रहन्छ ।

दुग्धजन्य पदार्थः

दुध, दही र मोहीको सेवनले युरिक एसिडको स्तरलाई नियन्त्रणमा राख्छ । विशेषज्ञका अनुसार दिनमा एकपटक किसमिससँग दही खाँदा युरिक एसिड नियन्त्रणमा रहन्छ । मोहीले तपाईंलाई हाइड्रेट रहन मद्दत गर्छ र मांसपेशी र जोर्नीका लागि पनि फाइदाजनक हुन्छ ।

दालः

दालमा प्रोटिन भरपुर मात्रामा पाइन्छ । तपाईं आफूलाई मनपर्ने कुनै पनि एक दाललाई आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । यसबाहेक टुसा उम्रेका गेडागुडीको सेवनले पनि युरिक एसिडको स्तरलाई नियन्त्रणमा राख्छ ।

व्यायामः

नियमित व्यायामले तपाईंको युरिक एसिडको स्तरलाई कम राख्न ठूलो भूमिका निभाउँछ । दैनिक ३० मिनेट हिँड्नुहोस् । हप्तामा कम्तीमा दुई दिन स्ट्रेन्थ ट्रेनिङ गर्नुहोस् । आफ्नो दिनचर्यामा स्ट्रेच र योग समावेश गर्नुहोस् । सुत्नु अघि एक गिलास बेसार हालेको दुध पिउनुहोस् ।

के नखाने ?

केचप, प्याक जुस, चकलेट, चिप्स र बिस्कुट आदिको सेवन नगर्नुहोस् । यसको सेवनले शरीरमा युरिक एसिडको स्तरलाई निकै हदसम्म बढाउन सक्छ ।

यससँग जोडिएको भ्रमः

केही मानिसहरुको मान्यता छ कि पालुङ्गोको सेवन गर्दा युरिक एसिड बढ्छ तर पालुङ्गोको सिमित मात्रामा सेवन गर्दा कुनै समस्या हुँदैन । यसबाहेक दुध र दुग्धजन्य पदार्थको सेवन पनि सुरक्षित छ । सही अनुपातमा अण्डाको सेवन गर्दा पनि युरिक एसिडको स्तर बढ्दैन । मासु र माछाले पनि तपाईंको युरिक एसिडको स्तरलाई बढाउँदैन । तपाईं यसलाई सिमित मात्रामा हप्तामा दुईदेखि तीन पटक खान सक्नुहुन्छ । यसै प्रकार व्यायामलगत्तै व्हे प्रोटिनको सेवन गर्न सकिन्छ । ​


प्रतिक्रिया दिनुहोस !