१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

महिना दिनमै ४४९ किलो सुन बिक्री भयो, सुन उच्च आयातले बिदेशी मुद्रा सञ्चितिमा गिरावट



बिहेको सिजन नपरे पनि साउन महिनामा ४४९ किलो सुन बिक्री भएको छ। नेपाल बैंकर्स संघका अनुसार, साउनका लागि बैंकहरुले ५०० किलो सुन मगाएकोमा ४४९ किलो बिक्री भएको हो।

अहिले बैंकहरुसँग ४९ किलो सुन मात्र मौज्दात छ। ब्यवसायीहरुले हरेक दिन २० किलोका दरले सुन उठाइरहेका छन्। ‘जति ल्यायो त्यति सुन गइरहेको छ’ संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘पोहोरको भन्दा निक्कै धेरै सुन जान थालेको छ।’

सरकारी निर्णय अनुसार, दैनिक २० किलो सुन आयात गर्न पाइन्छ। यही भएर बैंकहरुले हरेक अढाइ दिनमा ५० किलोका दरले सुन आयात गरिरहेका छन्। तर त्यो सुन यहाँ बिशाउन नपाइ बिक्री हुने अवस्था छ।

सुनकै कारण पछिल्लो समय विदेशी मुद्राको सञ्चिति घटिरहेको छ। गत असारमा मात्रै बैंकबाट ७०० किलो सुन बिक्री भएको थियो। ब्यवसायीले सोझै सुन आयात गर्न पाउँदैनन्। बैंकहरुले आयात गरेको सुन उनीहरुले खरीद गर्नु पर्छ।


प्रतिक्रिया दिनुहोस !