११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

मौद्रिक नीतिको दवावपछि बैंकहरूले बढाउन थाले ब्याजदर



मौद्रिक नीतिको दवावपछि केही वाणिज्य बैंकहरुले ब्याजदर बढाउन थालेका छन्। खासगरी भएको निक्षेप जोगाउनका लागि बैंकहरुले ब्याजदर बढाएका हुन्।

भदौ १ देखि लागू हुनेगरी सबैजसो बैंकले नयाँ ब्याजदरको सूची सार्वजनिक गरेका छन्। निक्षेपमा केहीबाहेक सबैले ब्याजदर बढाएका छन्। बचत र मुद्दतीमा बैंकहरुले ०.२५ देखि १.२५ प्रतिशतसम्म ब्याजदर बढाएका छन्।

मुद्दती निक्षेपमा अवधि सकिँदा धेरै ब्याज दिने बैंकमा रकम सारिने भएपछि बैंकहरुले आफ्नैमा नवीकरण होस् भन्ने उद्देश्यले मुद्दतीमा पनि ब्याजदर हुन्। व्यक्तिगत मुद्दती निक्षेपमा अहिले वाणिज्य बैंकले ८.७५ प्रतिशतसम्म ब्याजदर दिन थालेका छन्।

२ वर्ष बढी अवधिको मुद्दतीमा सिभिलले दिने ब्याजदर सबैभन्दा धेरै ८.७५ प्रतिशत छ। अरु धेरैजसो बैंकको ब्याजदर ६ देखि ८ प्रतिशतको बीचमा छ। यसअघि व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम साढे ४ प्रतिशत ब्याजदर दिएको एसबिआईले ७.५५ प्रतिशतसम्म तोकेको छ।

राष्ट्रिय वाणिज्य, स्टान्डर्ड चार्टड, हिमालयन, सानिमा, नेपाल, नबिल प्राइम, प्रभु, एनएमबि, सनराइज, नेपाल बंगलादेश, माछापुच्छ्रे, लक्ष्मी, कुमारी, एभरेष्ट, सिटिजन्स, सेन्चुरी, कृषि विकास, बैंक अफ काठमाण्डु लगायतले नयाँ ब्याजदरको सूची सार्वजनिक गरेका छन्।

 

मौद्रिक नीतिले नै ब्याजदर बढाउनेगरी दवाव दिएपछि बैंकहरुले भोलि भदौ १ गते देखि नै लागू हुनेगरी ब्याजदर बढाएका हुन्। हाल लगानीयोग्य रकमको अभाव भइरहेका बेला मौद्रिक नीतिले झनै अभाव हुनेगरी दवाव सिर्जना गरेको छ।

मौद्रिक नीतिले सिसिडी रेसियो खारेज गरे पनि सिडी रेसियोलाई नियमन गर्नेगरी सीमा तोकिदिएको छ। निक्षेपमा बैंकहरुले दिने कर्जाको हिस्सालाई सिडी रेसियोले जनाउँछ। यस्तो रेसियो ९० प्रतिशत तोकिएको छ। यसको अर्थ बैंकले १ सय रुपैयाँ निक्षेप जम्मा गर्दा ९० रुपैयाँ मात्रै कर्जा प्रवाह गर्न पाउँछन्।


प्रतिक्रिया दिनुहोस !