१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए शपथ



काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो भने राष्ट्रपतिले मंगलबार नियुक्त गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !