१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

जन–समाजवादी मञ्च नेपालको राजनीतिक अवधारणापत्र सार्वजनिक



काठमाडौं । जन–समाजवादी मञ्च, नेपालको केन्द्रीय समितिको राजनीतिक अवधारणापत्र सार्वजनिक गरेको छ । यहाँस्थित मगंलबार एक पत्रकार सम्मेलन गरी उक्त मञ्चका संयोजक कृष्णप्रसाद धमला (गम्भीर) ले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वले विगतमा लेनदेनमा मात्र सिमित रहेकाले पूर्ण रुपमा क्रान्ति सम्पन्न नभएको जानकारी गराउनु भयाे ।

उहाँले नेपालमा रहेका सम्पूर्ण कम्युनिष्ट पार्टी र शक्तिहरु एउटै छानामुनी आउन आवश्यक रहेको बताउँदै मञ्चले त्यो अभिभारा पूरा गर्ने स्पष्ट पार्नुभयो । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेका नेता कार्यकर्ताको रुपमा वैशाख १ गते सो मञ्च स्थापना भएको हो ।  मञ्चले सार्वजनिक गरेको अवधारणापत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुराको भूगोललाई कुटनीतिक वार्तामार्फत् यथाशिघ्र फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

यस्तै, १९५० लगायत असमान सन्धिसम्झौताहरु खारेजी, इण्डो प्यासिफिक स्ट्राटेजी (एमसिसी) फिर्ता गर्नुपर्ने, जयसिंह धामीको घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कार्वाही र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत २३ वटा माग राखिएको छ ।  सो मञ्चमा विप्लव माओवादी परित्याग गरेका एक पोलिट्ब्युरो र नौ केन्द्रीय सदस्यहरुसहित ५१ सदस्यी केन्द्रीय समिति गठन गरिएको मञ्चका नेता धनबहादुर महर्जनले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय