समाजको समूचित विकासका लागि डटेर काम गर्छौ : सह–संयोजक घिमिरे « Supremekhabar
Edition
   २ आश्विन २०७८, शनिबार
 |   Sat Sep 18 2021
Logo

समाजको समूचित विकासका लागि डटेर काम गर्छौ : सह–संयोजक घिमिरे



काठमाण्डौँ : नेपाली कांग्रेसका युवा नेता तथा मकवानपुर काठमाण्डौँ सम्पर्क समितिका उपाध्यक्ष तेज प्रसाद घिमिरे तरुण विभागको बागमती प्रदेश सह–संयोजकमा मनोनित भएका छन् । नेपाल तरुण विभागको केन्द्रीय निर्णय अनुसार उनलाई विभागको बागमती प्रदेश सह–संयोजकमा मनोनित गरिएको हो ।मकवानपुर जिल्ला स्थायी घर भएका घिमिरेलाई पूर्वमन्त्री एवम् तरुण विभागका प्रमुख शंकर भण्डारीले मनोनित गरेका हुन् ।

सह– संयोजक घिमिरेले तरुण विभाग बागमती प्रदेशलाई अझै गतिशील तुल्याई युवाको हितका लागि उल्लेख्य काम गर्ने बताएका छन् । उनले युवाको चौतर्फी विकास गर्ने कार्यक्रम ल्याइने, स्वदेशमै रोजगारीको अवसर सृजना गर्न तथा उद्यमशील बनाउन विभिन्न शिपमुलक तामिलको व्यवस्था गर्न पहल गरिने बताए । विभागले आगामी दिनमा पनि समाजमा भएका विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै समाजको समूचित विकासका लागि डटेर काम गर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !


अखिलमा नयाँ नेतृत्व : अध्यक्षमा सुनिता बराल, महासचिव समिक बडाल



काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियूको अध्यक्षमा सुनिता बराल चयन भएकी छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय सचिवालयको बैठकले उपाध्यक्ष बराललाई अध्यक्ष घोषणा गर्न लागेको छ । आगामी चैतमा २३ औं महाधिवेशन आयोजना गर्नेगरी बराल अध्यक्ष र समिक बडाल महासचिव रहनेगरी केन्द्रीय समिति हेरफेर र विस्तार गर्न लागिएको विद्यार्थी इन्चार्ज खिमलाल भट्टराईले जानकारी दिए ।

अखिलको वरिष्ठ उपाध्यक्षमा हालका सचिव तथा प्रवक्ता आरसी लामिछाने चयन भएका छन् । उपाध्यक्षमा झपिन्द्र खत्री, यमराज पाण्डे, मोति विक, निशा अधिकारी, कल्पना वाइबा, उमेश आचार्यलगायतको नाममा सहमति जुटेको छ भने ११ जना सचिव रहने भएका छन् । पार्टीको निर्णयबमोजिम यसपटक अनेरास्ववियूको नेतृत्व परिवर्तन भएको छ । ५ वर्षअघि सम्पन्न २२ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित अध्यक्ष नविना लामा नेकपा एकतासँगै विदा भएर ऐन महर अध्यक्ष बनेका थिए । महर शनिबारबाट विद्यार्थी राजनीतिबाट अलग भएका छन् ।

उनीसँगै २२ औं सम्मेलनबाट निर्वाचित उपाध्यक्ष रश्मी आचार्य, महेश वर्तौला र सैलेश लामा पनि अनेरास्ववियूबाट विदा हुँदै छन् । अध्यक्षको लागि रश्मी आचार्य र बर्तौला पनि आकांक्षी थिए । पूर्वअध्यक्ष नविना लामा, रश्मी आचार्य आफूहरुलाई अन्याय भएको भन्दै अनेरास्ववियूको बैठकमा अनुपस्थित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

चुनावपछि सत्ता गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिन्छ : ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले खर्बौं रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका छन् । शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौंको चलखेल गरेको बताएका हुन् ।

आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गरे । उनले भने, ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अरबौँको खेल भइसक्यो । कसरी यतिबेर यो बिचमा आएर करका दरहरु यत्रो ठुलो ढंगले देशलाई करोडौँको, अर्बौंको मात्र होइन खर्बौको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो । सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन । मान्छेहरु खुलेआम भनिराखेका छन् यो सेटिङ हो सञ्चार माध्यम लेखिराखेको छ बोलिराखेको छ सेटिङ भयो । भएन भन्ने ठाउँ छैन । म राष्ट्रसेवक कर्मचारी मित्रहरूलाई, तपाईहरुलाई भन्न चाहान्छु खासगरी नेपाल निजामती कर्मचारी संगठन स्वच्छताको प्रतीक संगठन बन्नुपर्छ ।’

अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गरे । चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताए । अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुलाई जुनसुकै पार्टीको भएपनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिए । कर्मचारीहरुले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रुपमा सेवा पु¥याउनुपर्ने उनले बताए । सेवाग्राहीको सेवा पाउने अधिकार भएकाले कर्मचारीको सेवा दिनुपर्ने कर्तव्य ठानेर काम गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस !

आगामी चुनावपछि सत्ता गठबन्धनका दलहरुको अस्तित्व नै संकटमा : ओली



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावपछि सत्ता गठबन्धनका दलहरुको अस्तित्व नै संकटमा पर्ने टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अबको १४ महिनापछि चुनाव हुने भन्दै कांग्रेस, माओवादी, नेकपा (एस) लगायत दलहरु बिलाउने टिप्पणी गरेका हुन् । उनले आफू प्रधानमन्त्री हुँदा घोषणा गरिएको चुनावको विरोध गरेका वर्तमान सत्ता गठबन्धनले टार्न खोजिए पनि चुनाव नगरी धर नभएको उनले बताए । अहिलेको सरकार गैरजिम्मेवार र जनताप्रति उत्तरदायी नरहेको अध्यक्ष ओलीको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: