१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

औपचारिक रुपमा फुट्यो एमाले, एमाले समाजवादीको चुनाव चिन्ह खुल्ला किताब



काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधनर्) अध्यादेश, २०७८ जारी गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विभाजित भएको छ । बुधबार (आज) सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको थियो ।

लगत्तै वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गर्नुभएको हो । ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि माधव नेपाल समूह निर्वाचन आयोगतर्फ लागेको बताइएको छ । ‘नेकपा एमाले समाजवादी’ पार्टीको संयोजकमा माधव नेपाल हुनुहुन्छ, भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुने जनाइएको छ । त्यस्तै चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !