६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

जसपा लोकतान्त्रिक दर्ता गर्ने तयारीमा ठाकुर पक्ष, चुनाव चिन्ह साईकल



काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने भएको छ । सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेसँगै जसपाको ठाकुर पक्षले नयाँ पार्टी दर्ताको तयारी गरेको हो । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्नसक्ने अध्यादेश ल्याएको हो । सोही अध्यादेशपछि नयाँ दल दर्ता गर्नका लागि अहिले ठाकुर पक्षका नेताहरुको बैठक बसिरहेको छ ।

जानकारी अनुसार पार्टीको जसपा नेपाल (लोकतान्त्रिक) राखिने र अध्यक्ष महन्थ ठाकुर रहने छन् । साथै, जसपा नेपाल (लोकतान्त्रिक) को चुनाव चिह्न भने ‘साइकल’ प्रस्ताव गरिएको बताइएको छ । गत साउन ११ गते निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि महन्थ ठाकुर पक्षले नयाँ दल दर्ताको तयारी गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय