७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

माओवादी केन्दसँग सहमत छुँ : धर्मेन्द्र बास्तोला



काठमाडौं : क्रान्तिकारी पत्रकार संगठन, नेपालको आयोजनामा कम्युनिस्टहरुबीचको धुर्विकरण, आवश्यकता र चुनौती विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणी पोखरेलले कम्युनिस्टहरु बीचको धुर्विकरण आजको आवश्यकता भए पनि त्यसका लागि विचार, कार्यनीति र कार्यक्रम महत्वपूर्ण विषय हुने बताए । उनले भने, कम्युनिस्टहरुको धुर्विकरण मुख्यत चार कुरामा निर्भर रहने बताए ।

पहिलो विचारमा एकरुपता, दोस्रो राजनीतिक कार्यक्रम वा कार्यनीतिमा हुने एकरुपमता, तेस्रो लक्ष्य एउटै भएपछि, चौथो राष्ट्रियता खतरामा परेको अवस्थामा धुर्विकरण तीव्र बन्ने बताए । एमसीसीको उदाहरण दिँदै नेता पौडेलले भने, अहिले एमसीसीले नेपाललाई अफगानिस्तानको अवस्थामा पुर्याउन खोजेको छ । देशको सार्वभौमिकता धरापमा पर्ने अवस्थामा पनि कम्युनिस्टहरुको बीचमा धुर्विकरण हुन सक्छ । त्यस्तै सोही कार्यक्रममा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सर्वोच्च अदालतले राजनीति गरेको बताए । उनले भने, राजनीति जनताले गर्नु पर्छ । राजनीतिक पार्टीले गर्नु पर्छ तर नेपालमा सर्वोच्च अदालतले गर्यो । त्यती मात्र होईन प्रधानमन्त्रीलाई पनि परामादेशबाट नियुक्त गरियो रायमाझीले भने । कम्युनिस्टहरुको बीचको एकता जोगाउन आफुहरु अन्तिम समयसम्म लागेपनि प्रक्रियावादीहरुको सहयोगमा प्रतिपक्षी राजनीतिक दलका नेतालाई प्रधानमन्त्री बनाउन आफ्नै पार्टीका नेताहरु लागेको बताए ।

त्यस्तै विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले कम्युनिस्टहरुको एकता कसैको मनोगत ढंगले हुने नभएर वस्तुगत अवस्थाले हुने तर्क गरे । उनले भने, कम्युनिस्टहरुको धुर्विकरण हामीले सोचे जसरी वहस, छलफल गरेर हुने होईन । त्यसका लागि एउटा शक्तिले अर्को शक्तिलाई निलेपछि मात्र संभव हुन्छ । कित संसदवादीहरुले क्रान्तिकारीहरुलाई निल्न सक्नु पर्यो कित क्रान्तिकारी शक्तिहरुले संसदवादीहरुलाई अन्य अवस्थामा धुर्विकरण असंभव हुने बताए । एमसीसीका विषयमा बोल्दै नेता बास्तोलाले नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणि पौडेलसँग सहमत भएको बताए । उनले भने, एमसीसीका विषयमा लिलामणि जीको जे विचार छ मेरो पनि त्यही मत हो बास्तोलाले भने ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य इन्द्रमोहन सिग्देल, जनसमाजवादी मञ्चका संयोजक कृष्ण धमला र माओवादी केन्द्र (समाजवादी) का अध्यक्ष कर्णजीत बुढाथोकीले पनि कम्युनिस्टहरुको धुर्विकरणका विषयमा आफ्नो मत राखेका थिए । कार्यक्रमको अध्यक्षता क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैशीले गरेका थिए भने कार्यक्रमको स्वागत मन्तव्य क्रान्तिकारी पत्रकार संगठनका वरिष्ठ केन्द्रीय सदस्य कमल बुढा र संचालन महासचिव बाबुराम भट्टराईले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !