१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

दशैंलाई लक्षित गर्दै अटो कम्पनीले ल्याउँदै छन् यस्ता गाडी/मोटरसाइकल, कुन मोडल कस्तो ?



नेपाली अटो बजारमा चाडपर्वको गन्ध आइसकेको छ । प्राय अघिकांश आटो कम्पनी दशै तथा तिहारको लागी विभिन्न अफर तथा स्किम ल्याउन थालिसकेका छन ।

कोरोनाले थला परेको नेपाली अटो क्षेत्रलाई उकास्न विगतको बर्ष भन्दा गाडी तथा मोटरसाइकल खरिद गर्न सहज हुने तरिकाले यसपालीको चाडपर्वमा विभिन्न योजना ल्याउने तयारी गरिरहेका छन ।

नयाँ स्किमसहित दुईपाँग्रे सवारी विक्रेता कम्पनीले दशैं लक्षित नयाँ प्रोडक्ट ल्याउने पक्का गरेका छन् ।
चार पाँग्रे सवारीले भने साउन लागे लगतै नयाँ प्रोडक्ट धमाधम भित्र्याइरहेका छन । अझै केही कम्पनीले विभिन्न बिशेषता र मूल्य सहितका गाडी नेपाली बजारमा प्रवेश पाइरहेका छन ।

यसै बिचमा चडपर्व लक्षित नेपाली बजारमा आउने गाडी तथा दुईपाँग्रे सवारीको बारेमा चर्चा गर्दैछौं ।
चाडपर्वको समय पारेर नेपाली बजारमा अधिकांश कम्पनीले नयाँ प्रोडक्टको सोकेस गरेकै हुन्छन् । खासगरी नेपालमा चल्ती ब्रान्ड हुन्डाइ, टाटा, किया, जिप, सुजुकी, टोयोटा, लगाएतका अटो बिक्रेता कम्पनीहरुले नयाँ गाडी सार्वजनिक गरिरहेका छन ।

त्यसैगरी मोटरसाइकल बिक्रेता कम्पनी एमएडब्ल्यु,स्याकार ट्रेडिङ्, हंशराज हुलास, जगदम्बा मोटर्स लगाएतका कम्पनीले नयाँ प्रोडक्ट ल्याउने तयारी छ ।

कुन कुन गाडी आउँदै छन्, कुन कुन सार्वजनिक भए ?

अहिले बजारमा घमाधम नयाँ गाडी भित्र्याइरहेका छन् । गत शुत्रबार मात्रै हुन्डाइले आई २० गाडी बजारमा ल्याएको छ भने रेनो काइगर पनि गत केही हप्ता अघि मात्रै सार्वजनिक भएको थियो । स्कोडा कुसाक यतिबेला गाडी पारखीको मुख्य आकर्षणमा परेको छ ।

अगामी केही समय भित्रै महिन्द्रा एसयूभी ७०० नेपालमा ल्याउने तयारी भइरहेको छ । यो गाडी  केहिदिन अघि मात्रै भारतीय बजारमा सार्वजनिक भएको थियो । सम्भवत: नेपाली बजारमा पनि दशैं अघि एसयूभी ७०० उपलब्ध हुँने गरी आयात गर्ने तयारी भइरहेको छ ।

टाटा नेक्सन इभि पनि दशैं लक्षित गाडी रहेको जनाइएको छ । तर, यो गाडी केही हप्ता अघि मात्रै सार्वजनिक भएको थियो ।

सुजुकी डिजाइर फेसलिफ्ट, सुजुकि ग्रान्ड भिटारा, टाटा नेक्सन, हुन्डाई टुसान फेसलिफ्टपनि दशैं लक्षित कारको रुपमा लिन सकिन्छ । यी गाडी सम्भवता दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै नेपाली बजारमा आउने क्रममा रहेको गाडी हो ।

त्यस्तै हालै चीनियाँ ब्राड ग्रेटवाल मोटर्स, चाङ्गन चीनियाँ ब्राडपनि गत केहि समय अघि नेपालमा बिक्रि सुरु गरेका छन ।

कुन कुनले ल्याउदै छन् नयाँ प्रोडक्ट ?

नयाँ प्रोडक्ट ल्याउनेमा सबैभन्दा बढी हंशराज हुलास चन्द एन्ड कम्पनी पर्छ । यसपालि गोल्छा ग्रुप अन्तर्गतको यो कम्पनीले केटीएम ब्रान्डको ७५० ड्युक एक महिना भित्र ल्याउने तयारी गरेको छ । यसपाली गोल्छा ग्रुपसँग बजाज ब्रान्ड तर्फ भने नयाँ प्रोडक्ट छैन ।

त्यस्तै दशैं अघि यामाहाले बहुप्रतिष्ठित नयाँ मोडल एफजेड एक्स ल्याउने तयारी गरिरहेको छ । यो मोटरसाइकल गत महिना भारतीय बजारमा सार्वजनिक भएको थियो । एमएडब्ल्युले भदौ भित्रै यो बाइक नेपाल ल्याउने जनाएको छ ।

त्यसैगरी होन्डा सिबी ३५० आरएसपनि नेपाली बजारमा आउने भएको छ । दशैं तिहारलाई लक्षित गर्दै यो मोटरसाइकल आउने भएको हो ।ज्योति समुहले गत बैशाखमै ल्याउने भने पनि कोरोना भाइरसको कारण पछि धकेलिएको थियो ।

त्यस्तै होन्डा हर्नेट २.०, रोयल इन्फिल्ड मेटोर,नयाँ इन्जिनमा आर १५ भि थ्री जस्ता मोडल दशैंलाई लक्षित गर्दै सार्वजनिक हुने बताइएको छ ।

जगदम्बा मोटर्सले टिभिएसको उक्र मोडल विएस ६ मोडलमा ल्याउने छ भने रोयल इन्फिल्ड मेटोर गत केही हप्ता अघि सार्वजनि भइसकेको ब्रान्ड हो । यस बर्ष बजाज, हिरो, सुजुकी जस्ता ब्राण्डका नयाँ मोडल आउने सम्भावना कम छ ।

यी हुन सक्छन तपाईंको रोजाइमा दशैं लक्षित गाडी

यति बेला नेपाली बजारमा स्कोडा कुसाक सबैभन्दा बढी चर्चामा रहेको गाडी हो । छोटो समयमा नै यो गाडी झन्डै १ सय ५० युनिट गाडी बिक्री गरिसकेको छ ।

त्यस्तै हुन्डाइ क्रेटा,निसान म्यागनाइट,रेनो काइगर, टाटा नेक्सन हाल नेपाल भित्रिएका गाडी तपाईंको रोजाइमा हुन सक्छन्


प्रतिक्रिया दिनुहोस !