काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णका कर्मचारीहरुले न्यूनतम तलब उपलब्ध गराउन व्यवस्थापनसँग माग गरेका छन् ।
बुधबार होटल परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरुले कोरोना महामारीको समयको न्यूनतम तलब उपलब्ध गराउन माग गरेका हुन् । आफ्नो मागको सुनुवाइ नभए कडा आन्दोलन गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् ।
होटल अन्नपूर्णमा करीब दुई सय जना कर्मचारी कार्यरत रहेको बताइएको छ । होटल व्यवस्थापनले आफूहरुलाई न्यूनतम तलब समेत दिने तत्परता नदेखाएपछि आफूहरु होटल परिसरमै आएर विरोध प्रदर्शनमा उत्रनु पर्ने अवस्था आएको न्यौपानेले बताए । उनीहरुले तत्काल होटल सुचारु गरी आफूहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि होटल व्यवस्थापनलाई दबाब दिएका छन् ।